News Category 2073/11/29
शवयात्रामा हजारौंको सहभागिता मधेशी दलका शिर्ष नेताहरुद्वारा श्रद्धाञ्जली
राजविराज÷सप्तरी घटनामा प्रहरीको गोली लागि मृत्यु भएका पाँच जनाको शनिबार शवयात्रा निकालिएको छ । शवयात्रामा हजारौं जिल्लावासीको सहभागिता रहेको थियो ।
मृतकहरुलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आवद्ध विभिन्न दलका केन्द्रिय अध्यक्षहरुको उपस्थिति समेत रहेको थियो ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मृत्यु भएका पाँचै जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । यस्तै राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले लहानमा श्रद्धाञ्जली दिनुभएको छ ।
यसअघि मोर्चा आवद्ध सातै दलका जिल्ला अध्यक्षहरुले सामुहिक रुपमा पार्र्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सो घटनामा सप्तरीको मलेठ २ निवासी २२ वर्षिय सन्जन मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने मलेठ २ का ४५ वर्षिय बिरेन्द्र मेहता, मलेठ ४ का ६० वर्षिय पिताम्बर लाल मण्डल र सप्तरीको प्रसबनी गाविस ४ निवासी ३५ वर्षिय स्वास्थ्यकर्मी आनन्द साह, जमुनी मधेपुरा १ निवासी ५० वर्षिय इन्द्रदेव यादवको धरानस्थित विपि कोइराला विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो ।
नेकपा एमालेको मेचिमहाकाली अभियानका क्रममा फागुन २३ गते जिल्लाको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा सभा भइरहेको समयमा मोर्चा र प्रहरीबीच झडप हुँदा प्रहरीले मलेठ गाविसमा गोली चलाउँदा पाँच जनाको मृत्यु भएको थियो । सो गोली प्रहारबाट गम्भिर घाइते भएका चार जनाको धरानमै उपचार भइरहेको छ ।
यसैबीच शवयता राजविराजको नगर परिक्रमा गर्दै जिल्लाको हनुमाननगर, भारदह, कंचनपुर, रुपनी, कल्याणपुर, कदमाहा, सिरहाको लाहानहुँदै पुनः सप्तरीसम्म शवयात्रा गरिएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवले जानकारी दिनुभयो ।
यता मृत्यु भएका मलेठका तीन जनाको औद्योगिक क्षेत्रको गेट अगाडी र बाँकी दुई जनाको आ–आफ्नो गाविसमा अन्तिम संकार गरिएको रामसपाका केन्द्रिय सचिव गजेन्द्र मण्डलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ