News Category 2073/11/29
शवयात्रामा हजारौंको सहभागिता मधेशी दलका शिर्ष नेताहरुद्वारा श्रद्धाञ्जली
राजविराज÷सप्तरी घटनामा प्रहरीको गोली लागि मृत्यु भएका पाँच जनाको शनिबार शवयात्रा निकालिएको छ । शवयात्रामा हजारौं जिल्लावासीको सहभागिता रहेको थियो ।
मृतकहरुलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आवद्ध विभिन्न दलका केन्द्रिय अध्यक्षहरुको उपस्थिति समेत रहेको थियो ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मृत्यु भएका पाँचै जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । यस्तै राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले लहानमा श्रद्धाञ्जली दिनुभएको छ ।
यसअघि मोर्चा आवद्ध सातै दलका जिल्ला अध्यक्षहरुले सामुहिक रुपमा पार्र्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सो घटनामा सप्तरीको मलेठ २ निवासी २२ वर्षिय सन्जन मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने मलेठ २ का ४५ वर्षिय बिरेन्द्र मेहता, मलेठ ४ का ६० वर्षिय पिताम्बर लाल मण्डल र सप्तरीको प्रसबनी गाविस ४ निवासी ३५ वर्षिय स्वास्थ्यकर्मी आनन्द साह, जमुनी मधेपुरा १ निवासी ५० वर्षिय इन्द्रदेव यादवको धरानस्थित विपि कोइराला विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो ।
नेकपा एमालेको मेचिमहाकाली अभियानका क्रममा फागुन २३ गते जिल्लाको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा सभा भइरहेको समयमा मोर्चा र प्रहरीबीच झडप हुँदा प्रहरीले मलेठ गाविसमा गोली चलाउँदा पाँच जनाको मृत्यु भएको थियो । सो गोली प्रहारबाट गम्भिर घाइते भएका चार जनाको धरानमै उपचार भइरहेको छ ।
यसैबीच शवयता राजविराजको नगर परिक्रमा गर्दै जिल्लाको हनुमाननगर, भारदह, कंचनपुर, रुपनी, कल्याणपुर, कदमाहा, सिरहाको लाहानहुँदै पुनः सप्तरीसम्म शवयात्रा गरिएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवले जानकारी दिनुभयो ।
यता मृत्यु भएका मलेठका तीन जनाको औद्योगिक क्षेत्रको गेट अगाडी र बाँकी दुई जनाको आ–आफ्नो गाविसमा अन्तिम संकार गरिएको रामसपाका केन्द्रिय सचिव गजेन्द्र मण्डलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ