News Category 2073/11/29
बन्द फिर्ता, बिरोधका कार्यक्रम जारी रहने, तडकभडकका साथ होली नमाउन आग्रह
राजविराज÷संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले गरेको जिल्ला अनिश्चितकालिन बन्द शनिबारदेखि फिर्ता लिएको छ ।
मोर्चाका संयोजक दिनेश कुमार यादवद्वारा जारि विज्ञप्ति मार्फत सो बन्द फिर्ता लिएको जनाउँदै होली पर्व तड्कभड्कका साथ नमनाउन सम्पूर्ण तराई÷मधेशका जनतासँग अनुरोध समेत गरिएको छ ।
सप्तरीको मलेठ गाविसमा भएको गोलीकाण्ड बिरुद्व मधेशी मोर्चाले शुरु गरेको आन्दोलन भने जारी नै रहने विज्ञप्तिमा उल्लखे छ । घटनाको दोषीलाई कार्वाही र संविधान संशोधन गराउन मोर्चा तत्पर रहेको जानकारी गराइएको छ ।
विज्ञप्तीमा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित नेकपा एमालेको मेची महाकाली अभियानको शान्तिपूर्वक विरोध प्रदर्शन गरिरहँदा प्रहरीले कायरतापूर्ण तरिकाले अन्धाधुन्ध गोली प्रहार गरी पाँच जनाको हत्या गरेको सर्वविदितै रहेको जनाउँदै बिना कारण निहत्था जनताको टाउको र छातीमै गोली प्रहार गर्दा समेत सरकारको गृहमन्त्रीले अवस्था काबुभन्दा बाहिर गएकाले गोली चलाउनुपरेको भनी संसदमा दिएको स्पष्टिकरणले मधेशी जनतालाई थप दुःखित बनाएको मोर्चाको ठहर छ ।
साथै विज्ञप्तीमा मोर्चाले गरेको आन्दोलनका क्रममा साथ र सहयोग दिने सम्पूर्णप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा राखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ