News Category 2073/11/30
मैसापद्वारा दुःखको घडीमा होली नमनाउने निर्णय
दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले गरेको दमनको मैथिली साहित्य परिषद्ले भत्र्सना गरेको छ ।
परिषदका अध्यक्ष शुभचन्द्र झा र सचिव श्यामसुन्दर यादवले आइतवार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको भत्र्सना गर्नुभएको हो ।
नेकपा एमालेका मेची महाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरीको मलेठमा गत फागुन २३ गते गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र परिषरमा आयोजना गरिएको कार्यक्रमलाई लक्षित गरी आयोजना गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा मलेठ २ निवासी सञ्जन मेहता, मलेठ–४ निवासी पीताम्बर मण्डल, विरेन्द्र महतो, प्रसवनी–४ टेंगरी निवासी सिनियर अहेव आनन्द कुमार साह र जमुनी मधेपुरा–२ निवासी ईनरदेव यादवले सहादत प्राप्त गरेको तथा करिब तीन दर्जन घाइते भएको घटनाले परिषद् मर्माहत भएको प्रेस विज्ञप्तिमा जनाईएको छ ।
विज्ञप्तिमा मैथिली भाषा, साहित्य एवम् कला–संस्कृतिप्रति समर्पित परिषद्ले हरेक वर्ष होली पर्वको अवसरमा आयोजना गर्दै आएको सम्पूर्ण कार्यक्रम स्थगन गर्ने निर्णय गरेको जनाउँदै शोकको माहौलमा कुनै पनि उल्लासमय कार्यक्रम आयोजना गर्नु अशोभनीय भएकोले यस वर्ष होली पर्व नमनाउने निर्णय गरिएको जनाईएको छ ।
यसैगरी जनकपुरको मिथिला नाट्य कला परिषद्ले हरेक वर्ष विशेष महत्वकासाथ आयोजना गर्दैआएको महामुर्ख सम्मेलनलगायतका ऐतिहासिक एवम् मनोरञ्जनात्मक कार्यक्रमहरु स्थगन गरेकोमा प्रशंसा गर्दै संस्था तथा मैथिली अभियानीहरुप्रति आभारसहित विज्ञप्तिमार्फत धन्यवाद दिइएको छ ।
विज्ञप्तिमा दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको ईश्वरसँग कामना गर्दै शोकाकुल परिवारजनप्रति परिषद्ले हार्दिक समवेदना तथा घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै निहत्था एवम् निर्दोष जनतामाथि गरिएको अमानवीय कार्यको भत्र्सना गर्दै परिषद्ले दोषीमाथि कडा कार्वाहीको समेतको माग गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/02 सहुलियत दरका २ सय ४० बोरा मलसहित सहकारीका संचालक पक्राउ
- 2082/08/02 जेनजी समुहले लगाएको ताला प्रशासनले फुटाएपछी विरोध प्रर्दशन
- 2082/08/01 १२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित
- 2082/07/30 स्थानीयस्तरमै आयश्रोतका साथै रोजगारीको अवस्था सृजना गरौं
- 2082/07/30 करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
- 2082/07/30 राजविराजका देवसहित चार जना खैरो हिरोइनसहित पक्राउ
- 2082/07/30 कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
- 2082/07/29 एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन
- 2082/07/28 लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
- 2082/07/28 जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ