News Category 2073/12/13
“तमलोपा र फोरम गणतान्त्रिकको दल दर्ता छैन”
राजविराज÷संविधानको धारा २६९ बमोजिम संगठन परियोजनाकालागि निर्वाचन आयोगमा दल दर्ता गरेकाहरु मध्ये सप्तरीमा विभिन्न ३० वटा दलहरुले दल दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले दिएको जानकारी अनुसार आन्दोलनमा रहेका मधेशवादी दलहरु मध्ये महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम गणतान्त्रिकको दल दर्ता छैन ।
स्थानीय निर्वाचन प्रयोजनकालागि निर्वाचन आयोगले दर्ता भएका दलहरुले जिल्ला वा क्षेत्रिय निर्वाचन कार्यालयहरुमा जिल्लागत विवरण दर्ता गराउन गरेको सूचना बमोजिम सप्तरीमा ३० वटा दलले दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी महेश कुमार ठाकुरले जानकारी दिनुभयो ।
दल दर्ता गराउने पार्टीहरुमा राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, राष्ट्रिय शिव सेना पार्टी, नेपाल कम्युनिष्ट पार्टी माले, युनाइटेड ग्रिन अर्गानाइजेशन, लोक कल्याणकारी जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, बहुजन शक्ति पार्टी रहेका छन् ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी माले जनसमाजवादी, नेपाल जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी, चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल, नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी संयुक्त, पिछडावर्ग निषाद दलित जनजाती पार्टी, सद्भावना पार्टी, नयाँ शक्ति पार्टी नेपाल, तराई मधेश सद्भावना पार्टी, नेकपा एमाले, देशभक्त पर्यावरणीय सामाजिक( देपसा) मोर्चा, नेकपा माओवादी केन्द्र, लोक दल, राप्रपा, बहुजन समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, मधेशी जनअधिकार फोरम मधेश र नेपाली जनता दलले दल दर्ता गराएका छन् ।
अर्को निर्वाचनकालागि संविधानको धारा २७१ बमोजिम निर्वाचन आयोगमै दल दर्ता गरेकाहरु सिधै चुनाव जान सकिने प्रावधान रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ