News Category 2073/12/15
सरकार र मोर्चाबीच हुन लागेको सहमति हल्ला मात्र ः अध्यक्ष ठाकुर
दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकार र मधेशी मोर्चाबीच हुन लागेको सहमति हल्ला मात्र भएको बताउनु भएको छ ।
तमलोपा सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले सरकारसँग सहमतिको वातावरण नबनेको जिकिर गर्नुभयो ।
उहाँले सरकार र मधेशवादी दलहरुसँग विगतमा भएको सहमतिहरु कार्यान्वयन नहुनुले सरकारसँग सहमतिको वातावरण नबनेको उल्लेख गर्नुभयो ।
विगतमा पूर्व झापादेखी पश्चिम कंचनपुरसम्मको जिल्लालाई दुई मधेश प्रदेश बनाउने प्रतिवेदन सरकारले तयार गरे पनि विगतको कुरालाई वर्तमानमा लागु गर्न सरकार नचाहेको आरोप समेत लगाउनुभयो ।
अहिलेको स्थानिय तहको संरचना समेत विवादित रहेको भन्दै सरकारले गराउन खोजेको स्थानिय तहको निर्वाचनले कतिको बैधानिक हुने भन्ने उहाँले प्रश्न गर्नुभयो ।
अध्यक्ष ठाकुरले मधेशी जनतालाई दमन गर्न खोज्ने राज्यको नीतिलाई अन्तर्राष्ट्रिय जगतले समेत हेरिरहेको भन्दै जबसम्म मधेशको मुद्दालाई राज्यले समाधान गर्दैन् तबसम्म मुलुकमा कुनै निर्वाचन गर्न सम्भव नरहेको उल्लेख गर्नुभयो ।
संचारकर्मीहरुको एक प्रश्नको जवाफ दिँदै अध्यक्ष ठाकुरले मधेशी दलहरुबीच एकताको प्रयास भइरहेको तर, निष्कर्षमा पुग्न नसकेको बताउनुभयो ।
सरकारसँग पटक पटक भएको वार्ताका क्रममा राज्यले मधेशीको अधिकार दिनबाट बञ्चित गर्दैगइरहयो भने र मधेशीमाथी दमन बन्द भएन भने एक दिन नेपालबाट मधेश गुम्न सक्ने खतरा बारे सरकारलाई अवगत समेत गराइरहेको जिकिर गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ