News Category 2073/12/15
सूचना तथा परामर्श केन्द्र भवनको उद्घाटन
दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
बैदेशिक रोजगारीसम्बन्धि सूचना तथा परामर्श केन्द्र भवनको सोमबार एक कार्यक्रमबीच सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णा बहादुर कटवालले उद्घाटन गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीको हाता भित्र रहेको उक्त भवन स्वीस सरकार विकास सहयोग र नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय बीच भएको सम्झौता अनुसार सामी हेल्भेटास नेपालको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजद्वारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजना अन्र्तगत निर्माण भएको हो ।
स्थानिय विकास अधिकारी तथा समन्वय समितिका अध्यक्ष सुदेव कुमार पोखरेलको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रहरी प्रमुख अनुराग द्ववेदी, प्रमुख महिला विकास अधिकृत चन्द्रकला श्रेष्ठ, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख लोकेन्द्र प्रसाद यादव, सामी हेल्भेटासका कार्यक्रम अधिकृत विजय ठाकुर र डिपिसि देव नारायण चौधरी, सबल नेपालका कार्यकारी निर्देशक दिपक झा, गजेन्द्र मण्डल, युनिसेफका प्रमुख अशोक झा, युएनह्याविट्याटका हरि बुढाथोकी लगायत जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा एससिडिसि नेपाल राजविराजका अध्यक्ष शम्भु नन्द चौधरीले स्वागत तथा सामी परियोजनाले गरेका मुख्य क्रियाकलाप तथा उपलब्धीहरुको वारेमा जानकारी गराउनु भएको थियो ।
यसैबीच कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवाललाई स्थाानिय विकास अधिकारी तथा डिपिसिसि सप्तरीका अध्यक्ष सुदेव कुमार पोखरेलबाट दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ