News Category 2073/12/15
सूचना तथा परामर्श केन्द्र भवनको उद्घाटन
दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
बैदेशिक रोजगारीसम्बन्धि सूचना तथा परामर्श केन्द्र भवनको सोमबार एक कार्यक्रमबीच सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णा बहादुर कटवालले उद्घाटन गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीको हाता भित्र रहेको उक्त भवन स्वीस सरकार विकास सहयोग र नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय बीच भएको सम्झौता अनुसार सामी हेल्भेटास नेपालको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजद्वारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजना अन्र्तगत निर्माण भएको हो ।
स्थानिय विकास अधिकारी तथा समन्वय समितिका अध्यक्ष सुदेव कुमार पोखरेलको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रहरी प्रमुख अनुराग द्ववेदी, प्रमुख महिला विकास अधिकृत चन्द्रकला श्रेष्ठ, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख लोकेन्द्र प्रसाद यादव, सामी हेल्भेटासका कार्यक्रम अधिकृत विजय ठाकुर र डिपिसि देव नारायण चौधरी, सबल नेपालका कार्यकारी निर्देशक दिपक झा, गजेन्द्र मण्डल, युनिसेफका प्रमुख अशोक झा, युएनह्याविट्याटका हरि बुढाथोकी लगायत जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा एससिडिसि नेपाल राजविराजका अध्यक्ष शम्भु नन्द चौधरीले स्वागत तथा सामी परियोजनाले गरेका मुख्य क्रियाकलाप तथा उपलब्धीहरुको वारेमा जानकारी गराउनु भएको थियो ।
यसैबीच कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवाललाई स्थाानिय विकास अधिकारी तथा डिपिसिसि सप्तरीका अध्यक्ष सुदेव कुमार पोखरेलबाट दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ