News Category 2073/12/16
म्यादी प्रहरी भर्नामा युवाहरुको आकर्षण बढ्दै, २ हजार ९१ को आवेदन दर्ता
दैनिक समाचारदाता
राजविराज, १५ चैत ।
म्यादी प्रहरीमा भर्ना हुनका लागि सप्तरीका युवाहरु अहिले तछारमछार गर्दै आवेदन भर्न भ्याई नभ्याई छन् । सरकारले स्थानीय तहको निर्वाचनका लागि देशभरि ७५ हजार म्यादी प्रहरी भर्ना गर्न सूचना निकालेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीमा अहिले दिनहुँ हजारौं युवाहरु आवेदन दिन व्यस्त देखिन्छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले म्यादी प्रहरीको आवेदन आह्वान गरेसँगै आवेदनकर्ताहरुको दैनिकी रुपमा भिंड बढ्दै गएको देखिन्छ । भिंड बढेपछि मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीको मूल गेट अगाडी एक प्रहरी अधिकारीले हिन्दी भाषा मै म्याकिङ गरेर आवेदकहरुको प्रवेशपत्र लिन आउनका लागि नाम बोलाउन भ्याई नभ्याई देखिए । यता निवेदन दिएर आफ्ना प्रवेशपत्र लिन गेट बाहिर कुरेर बसेका आवेदकहरु पनि उत्साहपूर्वक म्याकिङमा आफ्नो नाम आउने बित्तिकै सो प्रवेशपत्र लिन पुग्छन् ।
रोजगारी नपाएर बेरोजगार भई बसेका युवामात्र नभएर ४० वर्ष नाघिसेका पुरुषहरु पनि म्यादी प्रहरीमा भर्ना हुन आउनु भनेको पक्कै नै मुलुकमा बेरोजगारी समस्या बढेको देखिन्छ । यता वर्तमान परिवेशमा मधेशको राजनीतिक अवस्था अशान्त भइरहेको बेला म्यादी प्रहरीमा यत्रो ठूलो संख्यामा युवाहरु भर्ना हुन आउनुले रोजगारीको अगाडी कुनै द्वन्द्वले नछेक्ने प्रमाणित भएको देखिन्छ ।
यता सोमबार मात्र ९ सय जना युवाहरुले म्यादी प्रहरी भर्नाका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं डिएसपी लक्ष्मी अधिकारीले जानकारी दिनुभयो ।
यस्तै मंगलबार सोमबारको तुलनामा दोब्बर युवाहरु भर्नाको आवेदन लिएर लामबद्ध रहेका थिए । शुक्रबारदेखि मंगलबारसम्म २ हजार ९१ युवाले आवेदन दर्ता गराइसकेका छन् भने २ हजार ७ सय बढीलाई आवेदन फारम बितरण गरिएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
म्यादी प्रहरी भर्नाको आवेदन दिने अन्तिम मिति चैत १७ गतेसम्म रहेको र यसका लागि १८ वर्षदेखी ५४ वर्षसम्मका व्यक्तिले आवेदन दिन सक्ने व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता सप्तरीमा कति संख्यामा म्यादी प्रहरी खटाइने बारे कुनै जानकारी नआएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ