News Category 2073/12/16
मधेशी मोर्चाद्वारा निर्वाचन कार्यालय घेराउ
दैनिक समाचारदाता
राजविराज, १५ चैत ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले पूर्वनिर्धारित कार्यक्रम अनुसार मंगलबार जिल्ला निर्वाचन कार्यालय सप्तरी घेराउ गरेका छन् ।
सदरमुकाम राजविराजस्थित निर्वाचन कार्यालय मोर्चाले घेराउ गर्दा त्यस वरिपरी नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको थियो ।
परिमार्जितसहित संविधान संशोधन, सिमांकनको टुङ्गो लगाएर मात्र निर्वाचन गर्न माँग गर्दै मोर्चा नेता कार्यकर्ताहरुले नाराबाजीका साथ निर्वाचन कार्यालय घेराउ गरेका हुन् ।
कार्यालय घेराउ कार्यक्रममा सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, महासचिव मनिष कुमार सुमन, राष्ट्रिय मधेश समाजवादी पार्टीका उपाध्यक्ष शेखर सिंह तथा मोर्चा आवद्ध मधेशवादी दलका केन्द्रिय तथा जिल्लास्तरिय नेताहरुको उपस्थिति रहेको थियो ।
यता नेपाल प्रहरी उपरिक्षक अनुराग द्विवेदी र सशस्त्र प्रहरी उपरिक्षक रामाधार यादवले आफ्नै नेतृत्वमा सो क्षत्रमा निगरानी गर्नुभएको थियो । मधेशी मोर्चा सप्तरीले बिहान १० बजेदेखी दिउँसो ३ बजेसम्म निर्वाचन कार्यालय घेराउ गरेको मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ