News Category 2073/12/17
मधेशको संवेदनशीलतालाई तीन दलले बुझ्न नसके मधेश अलग हुने चेतावनी
दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
नेपाल पत्रकार महासंघ स्थापना भएको ६२ औं वर्षको अवसरमा बुधबार राजविराजमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाले ‘पत्रकारको सुरक्षा एवम् आन्दोलनमा छाती र टाउकोमा गोली ?’ विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईले मधेशको संवेदनशीलतालाई प्रमुख तीन दलले बुझ्न नसके अबको दश वर्षभित्र मधेश अलग हुने चेतावनी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कटवालले मलेठ घटनालाई दुर्भाग्यपूर्ण भन्दै सुरक्षा कमजोरी देखिएको बताउँदै आगामी दिनमा आफूहरु यस्ता घटना हुन नदिन गम्भीर रहेको बताउनुभयो । सम्पूर्ण नेपाली जनताले एक अर्काको भावनालाई बुझेर अगाडी बढ्नु पर्नेमा जोड दिँदै प्रजिअ कटवालले विखण्डनको कुराले देश कमजोर हुने धारणा व्यक्त गर्नुभयो ।
महासंघका कावा अध्यक्ष श्रवण कुमार देवको अध्यक्षता तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा महासंघका पुर्व अध्यक्षहरु शिवहरी प्रसाद भट्राई, विष्णुकुमार मण्डल, मुरली प्रसाद यादव, धिरेन्द्र प्रसाद साह, महासंघका पार्षद श्यामसुन्दर यादव, प्रेस युनियनका केन्द्रिय सदस्य अवधेश कुमार झा, प्रेस सेन्टरका केन्द्रिय सदस्य राजु विश्वकर्मा लगायतले मलेठ घटनाबारे प्रहरीको गम्भिर गल्ति रहेको भन्दै महासंघको स्थापना दिवसको अवसरमा आ–आफनो शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ