News Category 2073/12/18
प्रशासनले तोडेको ताला केही घण्टा नबित्दै मोर्चाद्वारा पुनः तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
परिमार्जनसहित संविधान संशोधन र प्रदेशको मातहतमा स्थानिय तहको पुनःसंरचनाको माग गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले चैत ३ गते जिल्लाका सम्पूर्ण स्थानिय तहका कार्यालयहरुमा लगाएको अनिश्चितकालिन तालाबन्दी बिहीबार जिल्ला प्रशासन कार्यालयले तोडेपछि पुनः मोर्चाले तालाबन्दी गरेको छ ।
जिल्ला समन्वय समिति सप्तरी र राजविराज नगरपालिका कार्यालयहरुमा लगाइएको तालाबन्दी बिहीबार बिहान १० बजे जिल्ला प्रशासन कार्यालय सप्तरीले खोलेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले जानकारी दिनुभयो ।
यता प्रशासनले खोलेको ताला केही घण्टा नबित्दै पुनः मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले तालाबन्दी गरको मोर्चाका कार्यवाहक संयोजक सतिश कुमार सिंहले जानकारी दिनुभयो । सो क्रममा मोर्चाका कार्यकर्ताहरुले राजविराज नगरपालिका कार्यालयको झ्याल, ढोका तथा अन्य फर्निचरहरु तोडफोड गरेका छन् ।
यस्तै जिल्ला समन्वय समिति सप्तरीमा समेत मोर्चाले स्थानिय विकास अधिकारी तथा कार्यक्रम अधिकृतको बोर्ड, कुर्सी तोडफोड गरेका छन् ।
यसअघि मोर्चाले सम्पूर्ण गाविस र नगरपालिका प्रमुख र नगर वडा कार्यालयहरुमा तालाबन्दी गर्दै निर्वाचनसँग सम्बन्धित कुनै पनि कार्यक्रमलाई अगाडि बढाउन नदिने जनाएको थियो ।
गत फागुन २२ गते मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार जिल्ला समन्वय समिति सप्तरीमा ८ वटा नगरपालिका र ९ वटा गाउँपालिका स्थानीय तह पुनःसंरचना अनुरूप कायम गरिएको छ ।
सप्तरीमा राजविराज नगरपालिका, कंचनरुप नगरपालिका, शम्भुनाथ नगरपालिका, सप्तकोशी नगरपालिका र हनुमाननगर योगिनिमाई गरि पाँच नगरपालिका कायम थियो भने नयाँ संरचना अनुसार सप्तकोशी नगरपालिकालाई गाउँपालिका बनाइएको छ ।
यस्तै पाँच नयाँ नगरपालिकामा डाक्नेश्वरी, बोदेबर्साइन, खडक, सुरुङ्गा र हनुमाननगर कंकालिनी नगरपालिका थपिएको छ भने कृष्णासवरन गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, महदेवा गाउँपालिका, सप्तकोशी गाउँपालिका, तिरहुत गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, बेल्हीचपेना गाउँपालिका र विषणपुर गाउँपालिका कायम गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ