News Category 2073/12/18
म्यादी प्रहरीका लागि ५ हजार २९ जनाको आवेदन
दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
सरकारले स्थानीय तहको निर्वाचनका लागि देशभरि ७५ हजार म्यादी प्रहरी भर्ना गर्न सूचना निकालेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीमा ५ हजार २९ जनाले आवेदन दिएका छन् ।
रोजगारी नपाएर बेरोजगार भई बसेका युवामात्र नभएर ४० वर्ष नाघिसेका पुरुषहरु पनि म्यादी प्रहरीका लागि आवेदन दिएका हुन् ।
यता आवेदन दिने बिहीबार अन्तिम दिन सबै भन्दा बढी १ हजार ५ सय ५९ जना युवाहरुले म्यादी प्रहरी भर्नाका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं डिएसपी लक्ष्मी अधिकारीले जानकारी दिनुभयो ।
म्यादी प्रहरी भर्नाको आवेदन दिने अन्तिम मिति चैत १७ गतेसम्म रहेको थियो । यसका लागि १८ वर्षदेखी ५४ वर्षसम्मका व्यक्तिले आवेदन दिन सक्ने व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता सप्तरीमा कति संख्यामा म्यादी प्रहरी खटाइने बारे कुनै जानकारी नआएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ