News Category 2073/12/18
मोर्चाद्वारा प्रशासनलाई चेतावनी पुरानै संरचनाको आधारमा शुल्क लिन मालपोतलाई आग्रह
दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले चैत ३ गतेदेखी जिल्ला विकास समितिको कार्यालय सप्तरी र राजविराज नगरपालिका कार्यालयमा गरेको अनिश्चितकालिन तालाबन्दी स्थानिय प्रशासन र प्रहरी मिलेर तोडेकोप्रति खेद व्यक्त गर्दै प्रशासनलाई चेतावनी दिएको छ ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष तथा मोर्चाका कार्यवाहक संयोजक सतिश कुमार सिंहको अध्यक्षतमा बिहीबार सम्पन्न बैठकले यस्तो चेतावनी दिएको हो ।
बैठकले तालाबन्दी तोड्ने कार्य अबउपरान्त भए मोर्चा प्रहरी प्रशासन बिरुद्ध नै आन्दोलनमा उत्रने चेतावनी दिदै जिल्लास्थित सरकारी कार्यालयहरुमा हुने क्षतिको जिम्मेवार स्वंम स्थानिय प्रशासन नै हुने जनाएको छ ।
सम्पन्न बैठकले स्थानिय निकायको नयाँ संरचना अनुसार कुनै पनि कामकाज नगर्न नगराउन जिल्लाका विभिन्न स्थानिय निकायका प्रमुख एवं गाविस सचिवहरुलाई आग्रह समेत गरिएको छ ।
साथै नयाँ संचरना अनुसारको कामकाज गरिएको पाइएमा त्यस्ता प्रमुख र गाविस सचिवहरुलाई सम्बन्धीत कार्यालयहरुमा हुने क्षतिको जिम्मेवारी स्वंम सम्बन्धीत कार्यालयहरुको प्रमुख नै हुने ठहर गरिएको छ ।
त्यस्तै सम्पन्न बैठकले शुक्रबारदेखि जिल्ला मालपोत कार्यालयले पुरानो संरचना अनुसारको राजश्व, रजिष्ट्रशन तथा अन्य शुल्क नलिए सो कार्यालयमा तालाबन्दी गर्ने निर्णय गरिएको मोर्चाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ