News Category 2073/12/21
विहुल पश्चिम गाउँपालिकाको माँग गर्दै प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, २० चैत ।
सप्तरीको बोदे बर्साइन नगरपालिकामा पाँच गाविसका जनताहरु नरहने भन्दै आइतबार राजविराजमा बिरोध प्रर्दशन गर्दै जिल्ला प्रशसन कार्यालय सप्तरीमा ज्ञापन बुझाएका छन् ।
जिल्लाको मल्हनियाँ, नेंगडा, मौवाह बेल्ही, रौतहट र रामनगर गाविसका जनताहरु बोदे बसाईन नगरपालिकामा नरहने भन्दै छुट्टै बिहुल पश्चिम गाउँपालिकाको माँग गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।
स्थानिय शिवमन्दिरको प्राङ्गनबाट निकालिएको बिरोध प्रदर्शनले राजविराज नगरको परिक्रमा समेत गरेको थियो । सो बिरोध प्रदर्शनमा सप्तरी क्षेत्र नं. ६ का निर्वाचित काँग्रेस सांसद सुरेन्द्र यादव समेतको सहभागिता रहेको थियो ।
यता बुझाइएको ज्ञापनमा दुई किसिमको भौगोलिक, समरुपता र जनसंख्यात्मक घनत्व भएको बिहुल नदी पश्चिमका पाँच गाविसहरुमा मल्हनियाका वडा नं. १, २, ३, ४, ७, ८ र ९, मौवहा बेल्ही, रौतहट र रामनगरका जनताहरु तथा राजनीतिक दलहरुले आपत्ति समेत जनाएको उल्लेख छ ।
क्षेत्र नं. ६ का बिहुल नदी पश्चिमका पाँच गाविसहरुको आफ्नै भौगोलिक, समरुपता र जनसंख्यात्मक घनत्व हुदाँहुदै पनि पाँच गाविस मिलाएर एक गाउँपालिका नबनाएको प्रति शान्तिपूर्ण आन्दोलनमा उत्रनु परेको बाध्यता रहेको उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ