News Category 2073/12/28
रावि नपामा काँग्रेसबाट १० जना पुरुष तथा तीन महिला मेयर÷उपमेयरको आकाक्षि , काँग्रेसको चुनावी सभा मोर्चाले बिथोल्यो
दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
नेपाली काँग्रेस सप्तरीबाट राजविराज नगरपालिका लागि १० जना पुरुष मेयर तथा तीन जना महिला उपमेयरमा उम्मेदबारका लागि आकांक्षी देखिएका छन् ।
आईतवार राजविराजस्थित दास धर्मशालामा आयोजित नेपाली काँग्रेस नगर स्तरिय वृहत कार्यकर्ता भेलामा ती व्यक्तिहरु आफू योग्य भएको दाबी गर्दै उम्मेदबारीका लागि घोषणा गरेका छन ।
राजविराज नगरपालिकाको मेयरका आकाक्षिका रुपमा शम्भुलाल देव, शशि माझि, मो. ईर्साद अन्सारी, प्रभात ललन, सविर आजम, सतिशचन्द्र झा, राधाकान्त देव, ध्रुवप्रसाद देव, अनिल देव, प्रदिप यादव देखिएका छन् । उपमेयर पदमा निलम कर्ण, ववितादेवी साह र सरिता मण्डलले उम्मेदवारी घोषणा गरेका हुन् ।
यता मधेश आन्दोलन सुरु भएयता कांग्रेसले एक वर्ष यता नगर क्षेत्रमा गरेको यो पहिलो कार्यक्रम हो । स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर पार्टी कार्यक्रम र वैठक तीव्र वनाईएको कांग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले वताउनुभयो । उहाँले एमाले र मधेशवादी दलको अतिवादी सोचका कारण मुलुक संकटमा परेको समेत आरोप लगाउनुभयो ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विरोधका कारण निर्वाचन तोकेकै समयमा हुने न हुने अन्यौलताका विच नेपाली कांग्रेसले पार्टी कार्यक्रम र वैठक तीव्र वनाएको हो ।
नगर समिति शम्भुलाल देवको अध्यक्षतामा आयोजित कार्यक्रमका सहभागि अधिकांश वक्ताले स्थानीय तहको निर्वाचनमा स्वच्छ, त्यागी र जनभावना अनुसारको ब्यक्तित्व चयन गर्न पार्टीलाई आग्रह गरे । नेपालकै पुरानो मध्येका एक राजविराज नगरपालिकाको मेयर उपमेयर वडा अध्यक्ष पदका लागि आकांक्षि वढि भएपछि त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्याले आफुलाई सकस पारेको सभापति यादवको भनाई छ ।
उहाँले पार्टीका लागि योगदान गर्ने, स्वच्छ छवि तथा जनताले मन पराएका ब्यक्तिलाई अवसर दिने योजना रहेको वताउँदै केहि दिनभित्रै उमेदवारको टुंगो लाग्ने जानकारी दिनुभयो ।
काँग्रेसको चुनावी सभा मोर्चाले बिथोल्यो
दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
सप्तरीको कोचाबखारीमा आईतबार नेपाली काँग्रेसको चुनावी सभालाई मोर्चाले बिथोलेको छ ।
कोचाबखारी गाबिसस्थित राप्रावि लोखरममा कातलस्ँग्रेसले राखेको चुनावी सभालाई मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले बिथोलेको जनाएको छ ।
काँग्रेसको चुनावी सभालाई मोर्चाका दर्जनौ नेता कार्यकर्ताहरुले कार्यक्रम बिथोलिएको मोर्चा निकट राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला कोषाध्यक्ष मनोज कुमार मेहताले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ