News Category 2073/12/28
विवाद नमिलाएर गर्ने अधिवेशनबाट हुने क्षतिप्रति पूर्वअध्यक्षहरुद्वारा ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्षहरुले शाखामा करिब दुई वर्षदेखि विवाद कायम रही आएको र विवादका कारण शाखाको संस्थागत विकास समेत प्रत्यक्ष प्रभावित भएको भन्दै केन्द्रिय समितिलाई विवाद समाधानका लागि आग्रह गरेका छन् ।
सप्तरी शाखाका पूर्व अध्यक्षहरु शिवहरी प्रसाद भट्टराई, विष्णुकुमार मण्डल, बैद्यनाथ झा, मुरलीप्रसाद यादव, शम्भुकुमार झा, व्यासशंकर उपाध्याय र धीरेन्द्रप्रसाद साहद्वारा आइतबार जारि संयुक्त विज्ञप्ति मार्फत सो आग्रह गरिएको हो ।
विज्ञप्तिमा महासंघको यस शाखाको अधिबेशन पूर्व विगतदेखि कायम रहेको विवादको समाधान गर्न अत्यावश्यक रहेको भन्दै विवाद समाधानको पहलकालागि पुनः आह्वानका साथ यथास्थितिमा गरिने अधिबेशनवाट कुनै अप्रिय घटना भए केन्द्र नै त्यसको जिम्मेबार हुनुपर्ने ध्यानाकर्षण गराएको छ ।
जारि विज्ञप्तिमा महासंघका अधिकांश जिल्ला तथा एशोसिएट शाखा समेतको अधिबेशन सम्पन्न भई सक्दापनि सप्तरीको अधिबेशन विवाद समाधान नहुँदा अन्यौलमा रहेको जनाउँदै पछिल्लो पटक महासंघको केन्द्रीय कार्यसमितिले अधिबेशन नभएका शाखाको अधिबेशन २०७४ बैशाख ७ गते भित्र गरीसक्नु पर्ने, नगरे महाधिबेशनमा सहभागी नगराइने आशयको निर्णय समाचार माध्यमबाट जानकारी हुँदा गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
विवाद समाधानका लागि परिणाममूलक पहलका लागि पटक–पटक सामूहिक तथा व्यक्तिगत रुपले आग्रह गर्दापनि समाधानको ठोस पहल नहुँदा महासंघ सप्तरी शाखाको काम प्रभावित भइरहेको जनाइएको छ । विज्ञप्तिमा महासंघको केन्द्रिय समितिले यसअघि फागुन ७ गतेलाई पूर्वाञ्चलका सवै जिल्लामा अधिवेशनको मिति तोकेकोमा सप्तरीमा कायम रहेको विवादलाई मध्येनजर गरी अधिवेशन स्थगित गरेको जनाउँदै अहिलेसम्म सो विवाद समाधानतर्फ ठोस पहल नभएको कारण वैशाख ७ भित्र यथास्थितीमा सप्तरीमा अधिवेशन सम्पन्न नहुने निश्चित छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ