News Category 2073/12/29
छिन्नमस्तामा लक्षचण्डी रुद्र महायज्ञ सुरु
दैनिक समाचारदाता
राजविराज, २८ चैत ।
नेपालको प्रसिद्ध सप्तरीको छिन्नमस्ता शक्तिपिठमा मुलुकको शान्ति एवं मानवकल्याणका लागि सोमबार विधिपूवर्क लक्षचण्डी रुद्र महायज्ञ सुरु भएको छ ।
सो महायज्ञको जिउँदो देवीको उपमा पाएकी पाथिभरा देवी माताले हवनकुण्डमा प्रज्वलन गरेर उद्घाटन गर्नुभयो ।
यसअघि चैत्र १६ गतेदेखि हुने भनिएको महायज्ञ नेपालको वर्तमान राजनीति परिस्थिति र गत फागुन २३ गते जिल्लामा प्रहरीको गोली लागि पाँच जनाको मृत्यु भएको कारणले चैत २८ गते बैशाख ६ गतेसम्म संचालन हुनेछ ।
महायज्ञका लागि ४० हजार वर्गफिटको विशाल एवं भव्य यज्ञशाला निर्माण गरिएको छ भने सो स्थानमै यज्ञाशालामा हवन कुण्ड रहेको छ ।
करिब २१ करोड खर्च हुने सो महायज्ञ विश्वमै पाँचौं पटक हुन लागेको मन्दिरका पिठाधिश एवं महायज्ञका संयोजक महाकान्त ठाकुरको दाबी छ । महायज्ञको मण्डप तयार पार्न १ करोड २५ लाख रकम खर्च भइसकेको मन्दिरका पिठाधिश ठाकुरले जानकारी दिनुभयो ।
सोही अवसरमा आईतबार हजारौंको सहभागितामा महायज्ञ स्थलबाट निकालिएको कलश यात्रा विभिन्न गाबिसको परिक्रमा पश्चात् घोरदह नदीमा जल लिई पुन यज्ञस्थलमा पुगि रिसार गरिएको थियो ।
यस्तै महायज्ञ अवधी भर प्रत्येक दिन करिब ७ हजार साधुसन्तको भोजनमा करिब २ करोड १३ लाख खर्च हुने अनुमान गरिएको छ ।
महायज्ञमा कलशयात्रा, दैनिक पुजाअर्चना, दुर्गा सप्तशक्ति पाठ, हवन, श्रीमद् भागवत एवं श्रीदेवी भागवत कथा, रासलीला, कलयुग अवतार दर्शन, मिथिला साहित्य तथा विभुति प्रतिमा प्रदर्शनी, बालउद्यान, मीनाबजार सहित मेलाको प्रबन्ध गरिएको छ । यस्तै महायज्ञमा ३ हजार ५ सय विद्धान पंंडित राखी पुजापाठ एवं हवन गरिने व्यवस्था मिलाईएको छ ।
यसअघि महायज्ञको प्रचार प्रसारका लागि गत असार ३० गतेबाट निस्केको माता छिन्नमस्ता सखडेश्वरी रथ नेपालको मेची महाकाली १ सय ८१ दिनको यात्रा सम्पन्न गरी भारत बिहारको यात्रा समेत गरेको थियो । महायज्ञमा भारतको हरिद्धारका साथै चारै पिठका आचार्यहरु आउने दाबी गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ