News Category 2073/12/30
मधेसको समस्या समाधान नभएसम्म मुलुकले निकास पाउदैन् ः अध्यक्ष भण्डारी
दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले मधेसको समस्या समाधान नभएसम्म मुलुकले निकासै नपाउने दाबी गर्नुभएको छ ।
रामसपा सप्तरीले मंगलबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले सो दाबी गर्दै राज्यले मधेशीमाथी विभेद गर्दै गयो भने एक दिन मुलुक विखण्डन तर्फ उन्मुख हुन सक्ने खतरा समेत रहेको जिकिर गर्नुभयो ।
उहाँले विभेदकारी संविधानलाई विखण्डन निम्त्याउने खतरा रहेको भन्दै मधेसी समुदायलाई अधिकार नदिए राष्ट्रियको अखण्डता कायम रहन नसक्ने चेतावनी समेत दिनुभयो ।
उहाँले २ नं. प्रदेशलाई थाती राखेर निर्वाचन गरिए भने मुलुक विखण्डतर्फ उन्मुख हुने जिकिर गर्दै मधेसीमाथि गरिएको विभेद अन्तका लागि राज्यलाई लचक हुनुपर्ने सुझाव समेत दिनुभयो । उहाँले मधेसी समुदायलाई राज्यको नीति निर्माण, कोष र प्रहरी सेनामा समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो ।
मुलुक अखण्ड रहनुपर्ने र आफ्नोे पार्टी पनि सोही पक्षमा रहेको बताउँदै अध्यक्ष भण्डारीले राज्यले छिटो भन्दा छिटो संविधानलाई सच्याएर सबैको अधिकार सुनिश्चित गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
एक अर्को प्रसङ्गमा अध्यक्ष भण्डारीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध केही दलहरुबीच एकताको प्रक्रिया अन्तिम चरणमा रहेको र यसको सार्वजनिक चाडै नै हुने दाबी समेत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/08/09 निरन्तरको अनुगमनले सुधारिदै पठनपाठन
- 2081/08/07 कोशी पीडितको समस्या समाधानका लागि प्रक्रिया सुरु
- 2081/08/07 विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
- 2081/08/06 आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
- 2081/08/06 वित्तीय संस्थामा आगो लगाइदिने भन्दै सामाजिक संजालमा पोष्ट गरेका भगत पक्राउ
- 2081/08/06 प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
- 2081/08/05 विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने
- 2081/08/05 शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
- 2081/08/05 दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
- 2081/08/04 ६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ