News Category 2074/01/05
मधेशको मुद्दा सम्बोधन नभएसम्म निर्वाचन हुन नसक्ने डा. भट्टराईको दाबी
दैनिक समाचारदाता
राजविराज, ४ बैशाख ।
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मधेशको मुद्दा सम्बोधन नभएसम्म निर्वाचन हुन नसक्ने दाबी गर्नुभएको छ ।
सप्तरीको खडक नगरपालिकाको कल्याणपुर विसनपुरमा सोमबार आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोध गर्दे उहाँले तराई मधेशको ५२ प्रतिशत जनताको सहभागी विनाको चुनावको कुनै अर्थ नरहने बताउनुभयो ।
उहाँले मधेशी मेर्चाले घोषणा गरेको आन्दोलनको कार्यक्रम प्रति हाम्रो समर्थन रहेको बताउँदै मधेशी, जनजाति थारुको लगायत सीमान्तकृत समुदायको जायज माग सम्बोधन नगरीए चुनावको कुनै औचित्य नरहने उल्लेख गर्नुभयो ।
उहाँले संविधान संसोधन गरी तराई मधेशको माग सम्बोधनगरी सबैलाई समेटेर सरकारले चुनावमा सहभागी गराउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले विना दवाव र आन्दोलनले नै संविधान संसोधन हुन्छ तर, वर्तमान सरकारले त्यस्तो हुन नदिएकोले बाध्य भएर आन्दोलनमै जानु परेको गुनासो गर्नुभयो ।
उहाँले अन्तरिम संविधान तहत गठन भएको राज्य पुनरसंरचनाको दश प्रदेशको प्रतिवेदन अनुरुप संघीय संरचना बनाएर गए मात्र हिमाल पहाड तराईको समस्या समाधान हुन्छ भन्नुभयो ।
सभालाई सम्बोधन गर्दे उहाँले चुवान चिह्न नदिने निर्णयले नयाँ शक्तिमाथि षडयन्त्र भएको आरोप समेत लगाउनुभयो । ‘निर्वाचनमा नै भाग लिन नदिने भन्ने कहीँबाट मिल्दैन । उहाँहरु पुरानो संविधान सभा निर्वाचनको दुहाइ दिइराख्नुभएको छ त्यो त नयाँ निर्वाचनले पो कुन दल राष्ट्रिय अन्तराष्ट्रिय अथवा सानो दल भन्ने छुट्याउँछ’, भट्टराईले भन्नुभयो, ’उनीहरुलाई आँट छ भने यो संसद विघटन गरुन् र अर्को संसदीय निर्वाचन गरोस् । त्यसपछि हामी हेर्छौं ।’ लोकतान्त्रिक देशमा निर्वाचनमा भाग लिनबाट बञ्चित गर्न नहुने भट्टराईको भनाइ थियो ।
चुनाव चिह्न नदिए आन्दोलन जारी राख्ने भन्दै भट्टराईले भन्नुभयो । पुरानो गइसकेको म्यान्डेटको जगमा टेकेर लोकतन्त्रमाथि कुल्चने र अरुको अधिकार हनन गर्ने जुन दुष्कर्म भइराख्या छ यसको प्रतिवाद हामी गर्छौं र अन्तिम सम्म गर्छौ ं।’
उहाँले भाषणको क्रममामा उहाँले मुलुकमा गरिबी र बेरोजगारी मेटाउने र हिमाल पहाड र तराईलाई आर्थिक समृद्धि तर्फ लाने मेरो सपना रहेकोले त्यो बाचुनजेल सम्ममा पुरा गरेरै छाडने बताउनुभयो ।
सो कार्यक्रमा विभिन्न पार्टी परित्यागरी नयाँ शक्ति पार्टीमा प्रवेश गरेका सयौं जनालाई अविर माला लगाई पार्टी प्रवेश गराउनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ