News Category 2074/01/05
सप्तरीका पत्रकारहरुबाट विरोधका थप कार्यक्रम घोषणा
दैनिक समाचारदाता
राजविराज, ४ बैशाख ।
सप्तरीका पत्रकारहरु ६ दिनदेखी काठमाडौंमा आन्दोलनरत रहँदा पनि माग सम्वोधन गर्न नेपाल पत्रकार महासंघ गम्भीर नभएको भन्दै सप्तरीका पत्रकारहरुले विरोधका थप कार्यक्रम घोषणा गरेको छ ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष, पूर्व पदाधिकारी, केन्द्रीय पार्षद, कार्यसमितिका पदाधिकारीहरुका साथै विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको छलफलबाट माग सम्वोधन नभएसम्म विरोध कार्यक्रमलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।
सप्तरी जिल्लाबाट प्रकाशित दैनिक तथा साप्ताहिकलगायतका छापामाध्यमहरुको सम्पादकीयमा ब्याकग्राउण्ड राखेर ‘सप्तरीका पत्रकारहरुको माग अविलम्व सम्वोधन गर’ नारा निरन्तर लेख्ने, जिल्लाबाट सञ्चालित एफएमहरुबाट समाचार प्रशारण अघि ‘सप्तरीका पत्रकारहरुको माग अविलम्व सम्वोधन गर’ भनी नारा वाचन गरेर समाचार वाचन गर्ने सर्वसम्मत निर्णय भएको छ । सप्तरीका पत्रकारहरुले राखेको माग सम्वोधन नभएसम्म निरन्तरता दिन आग्रह गरिएको छ ।
यस अतिरिक्त जिल्लामा रहेका पत्रकार सम्वद्ध सङ्गठनहरुले आफ्ना केन्द्रीय समितिलाई नेपाल पत्रकार महासंघ सप्तरी शाखामा भईरहेको हैकमवादी शैली एवम् क्रियाकलापको बारेमा जानकारी गराउने तथा माग पुरा गराउन आ–आफ्नो स्थानबाट दवाब सिर्जना गर्न भनी सप्तरीका पत्रकारहरुले आग्रह गरेको छ । यसै गरी सामाजिक सञ्जाल मार्फत समेत दवाव सिर्जना गर्न प्रोफाइल पिक्चरमा समेत कालो अक्षरमा ‘सप्तरीका पत्रकारहरुको माग अविलम्व सम्वोधन गर’ भनी लेखिएको इमेज व्यापक बनाउन आग्रह गरिएको छ ।
विधान सम्मत सप्तरी शाखामा भएका कामकाजलाई अनुमोदन गर्नुपर्ने, प्रक्रिया पूरा गरेका सबै सदस्यहरुको नवीकरण गरिनुपर्ने, विवाद समाधान गरी अविलम्ब शाखा सप्तरीको अधिवेशन गराउनुपर्ने र निरंकुश तरिकाले बन्द गरिएको सप्तरी शाखाका बैंक खाताहरु फुकुवा गर्नुपर्ने माग पत्रकारहरुले राखेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ