News Category 2074/01/16
सप्तरी युथको सहयोगमा दिसापिसाब गर्ने स्थानलाई सरसफाई तथा बासको छेकवार गरि बृक्षारोपण
दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
सप्तरी युथ नेपालको सहयोगमा शुक्रबार राजविराजमा एक कार्यक्रमबीच बृक्षारोपण गरिएको छ ।
राजबिराजस्थित प्रजिअ बंगलाको अगाडी राजरंगशालाको पश्चिमपट्टीको पर्खाल छेउमा उक्त बृक्षारोपण गरिएको हो ।
सर्वसाधारणले खुल्ला रुपमा दिसापिसाब गर्ने स्थानलाई सरसफाई तथा बासको छेकवार गरि वातावरणलाई स्वच्छ राख्ने उद्देश्यले उक्त क्षेत्रमा बिभिन्न जातका फुल तथा बृक्षहरु रोपिएको युथका सदस्य विष्णु यादवले जानकारी दिनुभयो ।
आयोजित कार्यक्रममा राजबिराज नगरपालिका कार्यालयका प्रमुख एवं कार्यकारी अधिकृत उमेश यादव तथा अनुगमन तथा मुल्यांकन अधिकृत सुचना तिमिल्सीना र जिल्ला समन्वय समिति सप्तरीका बरिष्ठ कार्यक्रम अधिकृत नवराज खड्कालाई प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी, अतिथी, सप्तरी युथ सदस्यहरुद्धारा बिरुवा रोपी कार्यक्रमको सामुहिक रुपमा उद्घाटन गरिएको थियो ।
सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन कुमार यादवको अध्यक्षतामा तथा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय बिकास अधिकारी सुदेव पोखरेल, प्रहरी उपरिक्षक अनुराग द्धिवेदी, सशस्त्र प्रहरी उपरिक्षक रामाधिन यादव, नेपाली सेनाका मेजर डम्वर बहादुर बोहरा, नागरिक समाजका अध्यक्ष थानसिंह भंसाली, राजबिराज नगरपालिकाका पुर्व मेयर शैलेश चौधरी, शिक्षा मंत्रालयका उपसचिव तोया खनाल, गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, सेभ द चिल्ड्रेनका सुरेश यादव लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको संचालन सप्तरी युथ नेपालका सचिव आयुश श्रेष्ठले तथा कार्यक्रमको स्वागत मन्तव्य सप्तरी युथकै सदस्य नन्दकिशोर गुप्ताले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ