News Category 2074/01/16
सहकारी संघ सप्तरीको आठौं साधारण सभा सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
जिल्ला सहकारी संघ सप्तरीको शुक्रबार आठौं साधारण सभा सम्पन्न भएको छ ।
सहकारी क्षेत्रमा उत्कृष्ट काम गरेका जिल्लाका १३ सहकारी संस्थाहरुलाई सभामा सम्मानित गरिएको छ ।
सहकारी संघका जिल्ला अध्यक्ष बिनोद कुमार दत्त र डिभिजन सहकारी कार्यालय लहानका प्रमुख रामप्रसाद घिमिरेले १३ वटै सहकारीलाई सम्मानपत्र दिँदै पुरस्कृत गरिएको छ ।
यसरी सम्मानित हुनेमा नेपाल सहकारी संस्था, आइडियल सहकारी संस्था, त्रियुगा सहकारी फत्तेपुर, सृजनात्मक महिला सहकारी, कंकालिनी, जनमूखी स्वास्थ्य लगायत रहेका छन् ।
सहकारी संघका जिल्ला अध्यक्षता बिनोद दत्ताको अध्यक्षतामा सम्पन्न सभामा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष विश्वनाथ न्यौपाने, जिल्ला सहकारी संघका उपाध्यक्ष भुवन आचार्य, संघका जेष्ठ सदस्य रामकृष्ण यादव लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
सो सभामा अध्यक्षयीय तथा लेखाप्रतिवेदन प्रस्तुत गरिएको थियो भने कार्यक्रम संघका सदस्य सनत मण्डलले संचालन गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ