News Category 2074/01/17
मधेश आन्दोलनका घाइते साफीको उपचारका क्रममा निधन, मोर्चाद्वारा सहिद घोषणा र क्षतिपूर्ती माग
राजविराज÷मधेश आन्दोलन ३ का क्रममा सप्तरीको भारदमा प्रहरीको गोली लागि घाइते भएका रघु साफीको शुक्रबार राती उपचारका क्रममा निधन भएको छ ।
प्रहरीको गोलीबाट दुबै आँखा गुमाएका ५२ वर्षिय साफीको जिल्लाको मधवापुर गाविस वडा नं. ४ स्थित आफ्नै घरमा निधन भएको हो ।
मधेश आन्दोलनको क्रममा २०७२ मंसिर ५ गते राती भारदहमा प्रहरीको गोली लागि दुवै आखाँ गुमाएका साफी अचेत अवस्थामा निरन्तर रुपमा उपचारार्थ रहेका थिए ।
यसैबीच संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले एक विज्ञप्ति जारि गर्दै साफीको निधनको खवरले स्तव्ध भएको जनाएको छ ।
मोर्चाका जिल्ला संयोजक दिनेश कुमार यादवद्वारा जारि विज्ञप्तिमा साफीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दे शोक सन्तप्त परिवार हार्दिक सम्वेदना प्रकट गरिएको छ ।
साथै विज्ञप्तिमा साफीलाई शहीद घोषणा गरी राहत स्वरुप क्षतीपुर्ति उपलव्ध गराउन सरकार सँग माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ