News Category 2074/01/17
गच्छदार एकीकरणका लागि आतुर, राजपाको अन्तिम निर्णय आउन बाँकी
राजविराज÷मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पनि पार्टी एकीकरण गर्नका लागि तयार देखिएको छ ।
विभिन्न ६ मधेशवादी दलहरुको एकीकरण भए सँगै राष्ट्रिय जनता पार्टी नेपाल मधेशको ठूलो शक्ति बनेको देखिएपछि तथा तराई मधेशमा फोरम लोकतान्त्रिकको जनाधार खस्किदै गएको र आफ्ना कार्यकर्ता जोगाउन पनि हम्मेहम्मे भएको अवस्थामा लोकतान्त्रिकका अध्यक्ष बिजय कुमार गच्छदार पार्टी एकीकरण अभियानमा लागेका छन् ।
गत हप्ता मात्रै थरुहट पार्टीसँग एकीकरण गरेको गच्छदारले आफ्नो राजनीतिक भविष्य सुनिश्चित नदेखिएपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि एकीकरणका लागि पहल गर्दै आएका छन् ।
तर, लोकतान्त्रिक फोरमका नेतृत्वकर्ताहरु रामेश्वर राय यादव, जितेन्द्र नारायण देव, रामजनम चौधरी, योगेन्द्र चौधरीलगायतका नेताहरुले शुक्रबार गोप्य बैठक गरि राष्ट्रिय जनता पार्टी नेपालसँग एकीकरण गर्ने निर्णय गरे लगत्तै लोकतान्त्रिक अध्यक्ष गच्छदार दबाबमा परेका छन् । शनिबार बिहानै गच्छदारले राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरसँग टेलिफोन गरि छलफलका लागि समय मागेको श्रोतले बताएको छ ।
तर, शनिबार राजपा शिर्ष नेतृत्व केन्द्रिय समितिको बैठक तयारीमा व्यस्त रहेकाले ठाकुरले गच्छदारलाई समय दिन सकेनन् । यता महन्थ ठाकुर र राजेन्द्र महतो गच्छदारसँगको पार्टी एकीकरणमा सहमत देखिएका छन् । तर, औपचारिक निर्णय लोकतान्त्रिक फोरमसँग छलफल गरि राजपा अध्यक्ष मण्डलको सर्वसम्मतीको सहमतले मात्र गर्ने बताएको छ ।
गच्छदारले पार्टी एकीकरणमा चासो नलिएमा सो पार्टीका नेताहरु कोही समाजवादी फोरम र कोही राजपा नेपालमा जाने निधो समेत गरिसकेको श्रोतको दाबी छ । सोही क्रममा जितेन्द्र नारायण देव समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँग छलफल गरि फोरममा प्रवेश गर्ने निश्चय गरेसँगै उनको हिमचिम उपेन्द्र यादवसँग बढ्न थालेको छ । तर, सामूहिक निर्णय गरेमा जुनसुकै पार्टीसँग एकीकरण गर्नेमा देव तयार देखिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ