News Category 2074/01/17
राजविराजलाई उपमहानगरपालिका बनाउनु पर्नेमा पूर्व मन्त्री यादवको जोड
राजविराज÷नेकपा माओवादी केन्द्रका नेता एवं सांसद उमेश कुमार यादवले राजविराज नगरपालिकालाई उपमहानगरपालिका बनाउनुपर्ने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपालले शनिबार बिहान नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले जनसंख्याको आधारमा सिमांकन हेरफेर गर्दा सप्तरीमा एक उपमहानगरपालिकासहित २५ वटा नगरपालिका र गाउँपालिका हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राजविराज नगरपालिकालाई दुई नगरपालिकामा विभाजन गर्ने षडयन्त्र भईरहेकोप्रति नगरवासी सचेत हुनुपर्ने बताउनुभयो ।
सांसद समेत रहेको यादवले आन्दोलनरत मधेशवादी दलका नेताहरु समेत सप्तरीमा थप ८ वटा नगरपालिका र गाउँपालिका गरी २५ वटा हुनुपर्नेमा उल्लेख गर्नुभयो ।
संचारकर्मीहरुको जिज्ञासामा यादवले सिमांकन हेरफेरको विषयमा राजनीतिक हाबी भएको बताउनुहुँदै संविधान कार्यान्वयनको सम्बन्धमा काग्रेस, एमाले एउटै रहेपनि माओवादीको फरक धारणा रहेको स्पष्ट पार्नुभयो ।
उहाँले माओवादीलाई घेराबन्दी गरी माओवादी विरुद्ध ठुलो षडयन्त्र भईरहेको आरोप समेत लगाउनुभयो । त्यस्तै उहाँले आत्मनिर्णयको अधिकार सहित पुर्ण समानुपातिक प्रतिनिधित्वका लागि माओवादीले सडकदेखि संसद सम्मको आन्दोलनमा जाने बताउनुभयो । प्रेस सेन्टर नेपाल सप्तरीका अध्यक्ष गोपाल प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा दर्जनौ संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ