News Category 2074/01/19
महाअभियोगको प्रस्तावले नेपाली राजनीतिमा अनिश्चित्ताको संकेत
दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
सत्तारुढदल नेपाली काँग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोगको प्रस्ताव आइतवार संसदमा दर्ता गराएसँगै मुलुकको राजनीतिले फेरि एक पटक संशय र अनिश्चितताको संकेत गरेको छ ।
संसदमा टेबल भएको संविधान संशोधनको विधेयक पारित गरी मुलुकलाई राजनीतिक निकास दिन छोडेर दलहरु पुनः राजनीतिलाई गोलचक्रमा फसाएका छन् । एक्कासी आइतवार दिउँसोदेखि राजनीतिले मुलुक दुर्घटना तर्फ बढेको संकेत राजनीतिक विश्लेषकहरुले प्रक्रिया दिन थालेका छन् ।
नेपाली काँग्रेसको केन्द्रीय पदाधिकारीको बैठकले स्वतन्त्र न्यायापालिकाको अस्तित्व संरक्षण गर्न तथा न्यायपालिकाले कार्यापालिकामाथि हस्तक्षेप गरेकोले प्रधानन्यायाधिश विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेको बताएको छ ।
तर, आफुलाई ठुलो लोकतान्त्रिक शक्ति बताउने काँग्रेसले सभासदहरुलाई जानकारी नदिनु, छलफल नगर्नु र केपी ओली सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने उद्देश्यले संकलित सभासदहरुको हस्ताक्षर महाअभियोग प्रस्तावमा प्रयोग गर्नुले देउवा र काँग्रेस पार्टीको अलोकतान्त्रिक षडयन्त्रमूलक कदम भएको प्रष्ट हुन्छ ।
यसैबीच माओवादी केन्द्रको हेडक्वाटर बैठकले पनि न्यायालयले कार्यपालिकामाथि हस्तक्षेप गरेको ठहर गर्ने महाअभियोग प्रस्तावको बचाउ गरेको छ । र महाअभियोग प्रस्ताव पारित गर्नको लागि पहल गर्ने निर्णय समेत गरेको छ । माओवादी केन्द्रले पनि अधिनायकवादी चरित्र प्रदर्शन गर्दै न्यायपालिकामाथि उक्साहटमा धावा बालेको छ । विश्लेषकहरुको अनुसार महाअभियोग प्रस्तावले राजनीतिक दुर्घटना तर्फ संकेत गरेको र यसको कारण आईजिपी नियुक्ति प्रकरण रहेपनि मुख्य षडयन्त्रमूलक राजनीतिक पाइलाहरु समय सँगै प्रष्ट हुँदै जानेछ । मधेशवादीहरुले संविधान संशोधन प्रस्तावलाई पाखा लगाउनका लागि यो खेल खेलिएको बताएका छन् ।
यसैबीच संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोगलाई संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि सुनियोजित हमला भनेका छन ।
राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो ध्यान महाअभियोग प्रति नभई संविधान संशोधनतर्फ रहेको बताइएको छ । यद्यपि मधेशी मोर्चा र राजपा नेपालको बैठक बसेर यस सम्बन्धी धारणा गराउने समेत उल्लेख गरेको छ ।
महाअभियोग प्रस्तावको पक्ष र विपक्षमा मुलुक प्रष्ट रुपमा विभाजित भएको छ । संवैधानिक निकायको आचरणलाई सन्तुलित राख्न र मुलुकलाई दुर्घटनाबाट बचाउनका लागि अन्तिम अस्त्रको रुपमा प्रयोग हुने महाअभियोग प्रस्ताव अहिले जसरी प्रयोग भइरहेको छ । यसले पनि संविधानको प्रावधान त्रुटिपूर्ण रहेको प्रष्ट हुन्छ । एक चौथाई अर्थात २५ प्रतिशत सभासदले संसदमा दत्र्ता गर्नासाथ संवैधानिक निकाय पदाधिकारी स्वतह निष्क्रिय हुने अर्थात निलम्वन हुने प्रावधानले आजको यो स्थिती सृजना गरेको हो । त्यति मात्र हैन नेपालको संविधान अनुसार समानुपातिक समावेशी प्रतिनिधित्व सहित न्यायाधीश नियुक्ति हुनुपर्नेमा सो प्रावधानको विरुद्ध न्याय परिषद र प्रधानन्याधीशले उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा खेरी पार्टीहरु चुबोल्न नसक्ने र व्यवस्थापिका मार्फत सचेत गराउन नगराउनु तर समान्य कार्यपालिका र न्यायपालिका बीचको पद्धतिका द्वन्द्वलाई लिएर महाअभियोग लगाउनु दलहरुको नियतमाथि शंका अविश्वास र आक्रोश सिर्जना गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ