News Category 2074/01/23
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अध्यक्षमा जितेन्द्र खड्गा निर्वाचित, प्यानलका सम्पूर्ण ३७ उम्मेदबार बिजयी
दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको नयाँ कार्यसमितिका लागि शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा जितेन्द्र खड्गा निर्वाचित हुनुभएको छ । अध्यक्षमा खड्गासँगै उहाँको प्यानलका सम्पूर्ण ३७ उम्मेदबारहरु समेत बिजयी भएका छन् ।
सम्पन्न निर्वाचनमा खड्गाले ५४ मत ल्याई प्रतिद्वन्द्वी श्रवण देवलाई पराजित गर्नु्भएको हो । देवले ३२ मत प्राप्त गर्नुभयो ।
यस्तै उपाध्यक्षमा श्याम सुन्दर यादवले ५९ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाँको प्रतिद्वन्द्वी हेमशंकर सिंहले २६ मत प्राप्त गर्नुभयो ।
त्यसैगरि सचिवमा जितेन्द्र कुमार झा ५३ मत ल्याई निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी दिनेश शर्माले २१ तथा अर्का उम्मेदवार राजु विश्वकर्माले १२ मत प्राप्त गर्नुभयो । यसैगरी सहसचिवमा चन्दन कुमार यादवले ६० तथा मत ल्याउनुभयो । उहाँको प्रतिद्वन्द्वी नर्मदेव यादवले २४ मत प्राप्त गर्नुभयो ।
यस्तै समावेशी सहसचिवमा डम्बर राईले ५२ तथा प्रतिद्वन्द्वी ललिता साहले ३१ मत प्राप्त गर्नुभयो भने कोषाध्यक्षमा शुभचन्द्र झाले ५६ तथा प्रतिद्वन्द्वी संजिव विक्रम साहले २८ मत प्राप्त गर्नुभयो ।
यसैगरि सदस्यहरुमा मधेशीतर्फ बिन्दु कुमार यादवले ५५ मत तथा प्रतिद्वन्द्वी रामअधिन साहले २८ मत प्राप्त गर्नुभयो । यस्तै खुल्लातर्फ भुषण कुमार सिंहले ५८ मत, कृष्णदेव यादवले ५२ मत, गंगा प्रसाद साहले ५५ मत र बृजमान तामाङ्गले ५६ मत ल्याई विजयी हुनुभएको छ ।
यस्तै केन्द्रिय सभासद्हरुमा मुरली प्रसाद यादव ५६, अवधेश कुमार झा ५७, भोला कुमार पासमान ५२, देवराम यादव ५२, गणेश लाल देव ५६, शैलेन्द्र मोहन झा ४६, अनिल कुमार अनल ५१ र ब्यासशंकर उपाध्यायले ६४ मत प्राप्त गरि बिजयी हुनुभएको छ ।
यस्तै प्रदेश सभासद्हरुमा राजेश कुमार झा ५९, मिथिलेश यादव ५५, सुमन कुमार मिश्र ५४, नविन कुमार गुप्ता ५४, महेन्द्र मण्डल वनवारी ५३, महेश्वर भारती ५४, पवन कुमार मिश्र ५४, बैद्यनाथ यादव ५७, शिव नारायण साह ५१, मनोज कुमार माझी ६०, देबेन्द्र मिश्र ५३, रश्मी झा ५१ र भोला रमण उप्रेतिले ४९ मत प्राप्त गरि बिजयी हुनुभयो ।
यसअघि केन्द्रिय पार्षदमा महिलातर्फ माला कर्ण र ढमला भट्टराई तथा जिल्ला कार्य समितिमा महिला उपाध्यक्षमा सुधा देव, महिला सदस्यमा रक्षा चौधरी, दलिततर्फ राजकुमार पासवान र जनजातीमा भुपेन्द्र मण्डल निर्विरोध हुनुभएको छ ।
सम्पन्न निर्वाचनमा महासंघमा कायम भएको कुल ९८ सदस्य मध्ये ८७ सदस्यले मतदान गरेको प्रमुख निर्वाचन अधिकारी बैजनाथ झाले जानकारी दिनुभयो । जसमा एक मत बदर समेत भएको थियो ।
यसअघि गत बैशाख २० गते बुधबार जिल्लाको ९ औं जिल्ला अधिवेशन सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ