News Category 2074/01/27
चट्याङ्ग लागेर ८ भारतीय नागरिक घाइते, एकको अवस्था गम्भिर
दैनिक समाचारदाता
राजविराज, २६ बैशाख ।
चट्याङ्ग लागेर सप्तरीको बिषहरिया गाविसमा ८ जना भारतीय नागरिक घाइते भएका छन् । मंगलबार बिहान खसेको चट्याङ्ग लागेर घाइते मध्ये एकको अवस्था गम्भिर छ ।
विषहरिया ९ स्थित हिरो ईट्टा उद्योगमा मजदुरको रुपमा कार्यरत भारत बंगाल राज्यको कुच विहार शहर निवासी ४० वर्षिय नुरजमाल र उनकी ३५ वर्षिया पत्नी अमिलाविवि, ३६ वर्षिय अहमद मियाँ र उनको ६ वर्षिय छोरा अरमान, ४५ वर्षिय तैयव, ११ वर्षिय आलमिन, ३० वर्षिय सौफियार र ४५ वर्षिया मेजिला घाइते भएका छन् ।
उक्त घटनामा परी घाइते भएका सबैको स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजमा उपचार भइरहेको छ भने घाइते मध्ये गम्भिर रहेका नुरजमाललाई धरान रेफर गरिएको चिकित्सकहरुले बताएका छन् ।
यता प्रकाृतिक प्रकोपबाट घाइते भएकाहरु विपन्न समुदायका भएपनि अस्पतालबाट कुनै पनि औषधी निःशुल्क पाउन नसकिएको हिरो ईटा उद्योगका संचालक मो.जुबेर अंसारीले गुनासो पोख्नुभयो । उहाँले तत्काल सबै घाइते मजदुरको उपचार खर्च आफैले व्यहोरेको जानकारी दिँदै जिल्ला दैवी प्रकोप उद्धार समितिमा पनि सहयोगका लागि निवेदन दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ