News Category 2074/01/28
नेपाल पत्रकार महासंघ सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापना सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २७ बैशाख ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको नवनिर्वाचित पदाधिकारीहरुले बुधबार पस्थापना गरेका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा बुधबार आयोजित प्रमाणपत्र एवं पदस्थापना समारोहमा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रिय उपाध्यक्ष यज्ञ शर्मा, सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल र निर्वाचन समितिका संयोजक बैजनाथ झाले नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्रसहित गम्छा ओढाएर पदस्थापना गराउनुभयो ।
सम्पन्न समारोहमा पूर्वकेन्द्रिय उपाध्यक्ष शर्माले सप्तरीको पत्रकारिता उत्कृष्ठ रहेको भन्दै यसलाई कायम राख्न नवनिर्वाचित पदाधिकारीहरुलाई सुझाव समेत दिनुभयो ।
यस्तै समारोहमा सप्तरीका प्रजिअ कटुवाल, जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत सुवास मण्डल, उद्योग बाणिज्य संघ सप्तरीका उपाध्यक्ष शंकर दास, फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, राष्ट्रिय जनता पार्टी नेपालका नेता सुनिल कुमार झा, महासंघका पूर्वअध्यक्ष विष्णु कुमार मण्डल लगायतका वक्ताहरुले नवनिर्वाचित पदाधिकारीहरुको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
सोही समारोहमा पूर्व सभापतिहरुलाई निर्वतमान अध्यक्ष प्रकाश खतिवडाले तथा नवनिर्वाचित अध्यक्ष खड्गाले निवर्तमान अध्यक्ष खतिवडालाई गच्छा ओढाएर सम्मान समेत गर्नुभयो ।
यसअघि निर्वतमान अध्यक्ष प्रकाश खतिवडाले शुभकामना मन्तव्य तथा निर्वतमान उपाध्यक्ष श्रवणकुमार देवले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गत बैशाख २२ गते सम्पर्क निर्वाचनबाट अध्यक्षमा जितेन्द्र खड्गा निर्वाचित हुनुभएको थियो । १६ सदस्यीय कार्य समिति, १३ प्रदेश सभासद् र १० केन्द्रिय सभासद्हरुको चयनका लागि सम्पन्न निर्वाचनमा खड्गाले ५४ मत ल्याई प्रतिद्वन्द्वी श्रवण देवलाई पराजित गर्नु्भएको हो ।
यस्तै उपाध्यक्षमा श्याम सुन्दर यादव, सचिवमा जितेन्द्र कुमार झा, सहसचिवमा चन्दन कुमार यादव, समावेशी सहसचिवमा डम्बर राई र कोषाध्यक्षमा शुभचन्द्र झा बिजयी हुनुभएको छ ।
यसैगरि सदस्यहरुमा मधेशीतर्फ बिन्दु कुमार यादव, खुल्लातर्फ भुषण कुमार सिंह, कृष्णदेव यादव, गंगा प्रसाद साह र बृजमान तामाङ्ग विजयी हुनुभयो ।
यसअघि दुई महिला केन्द्रिय पार्षद, जिल्ला कार्य समितिका महिला उपाध्यक्ष, महिला सदस्य, दलित र जनजाती पदाधिकारीहरु निर्विरोध भएका छन् ।
सम्पन्न निर्वाचनमा महासंघमा कायम भएको कुल ९८ सदस्य मध्ये ८७ सदस्यले मतदान गरेको प्रमुख निर्वाचन अधिकारी बैजनाथ झाले जानकारी दिनुभयो । जसमा एक मत बदर समेत भएको थियो । यसअघि गत बैशाख २० गते बुधबार जिल्लाको ९ औं जिल्ला अधिवेशन सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ