News Category 2074/02/02
माग सम्वोधन नभए दोस्रो चरणको निर्वाचन हुन नदिने राजपाको चेतावनी
दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
संविधान संशोधनका लागि दवाव दिने उद्देश्यले राष्ट्रिय जनता पार्टी नेपालले सोमवार सप्तरीका प्रमुख वजार लगायत मधेशका अन्य जिल्लाहरुमा मोटरसाईकल ¥याली र विरोध सभा गरेको छ ।
दोस्रो चरणको स्थानीय तह भन्दा अघि नै संविधान संशोधन गर्नुपर्ने माग गर्दै पूर्व घोषित केन्द्रिय कार्यक्रम अनुसार मधेशभर ¥याली र विरोध सभाको आयोजना गरेको हो ।
स्थानीय शिवमन्दिर प्रांगणवाट पाँच सय भन्दा बढीको सहभागितामा निस्केको मोटरसाईकल ¥याली नगरपारिक्रमा गर्दै हनुमाननगर भारदह, वरमझिया, कंचनरुप, महुली, रुपनी कल्याणपुर, कुशहा र कदमाहासम्म पुगी ठाउँ ठाउँमा विरोध सभाको आयोजना गरिएको थियो ।
यता सरकारले विगतमा गरेको सहमति सम्झौता कार्यान्वयनमा ढिलाई गरेको भन्दै थप दवाव दिने उद्देश्यले बिरोध सभा गरिएको राजपाका नेता मृगेन्द्रकुमार सिंह यादवले जानकारी दिनुभयो ।
यस्तै राष्ट्रिय जनता पार्टी सप्तरीका संयोजक सुनिलकुमार झाले संविधान संशोधन गराउन सांकेतिक रुपमा विरोध कार्यक्रम गरिएको जनाउँदै एक साताभित्र माग सम्वोधन नभए आन्दोलनका थप सशक्त कार्यक्रमहरु सार्वजनिक हुने जानकारी दिनुभयो ।
संविधान संशोधनका लागि दवाव तथा एकताको सन्देश दिन आयोजित ¥याली र सभाका सहभागिहरुले संविधान संशोधन विना दोस्रो चरणका लागि तय भएको जेष्ठ ३१ को स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा हुन नदिने चेतावनी दिएका छन् ।
यसअघि सरकारले आन्दोलनरत मधेशवादी दललाई पनि चुनावमा सहभागि गराउने उद्देश्यले स्थानीय तहको निर्वाचन दुई चरणमा गराउने निर्णय गरेको थियो । तर, हालसम्म भएका सहमति सम्झौता कार्यान्वयन हुन नसक्दा मधेशमा चुनावी माहौल अझै वन्न सकेको छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ