News Category 2074/02/03
हावाहुरीले पाँच दर्जन विद्युतका पोल ढले, राजविराजका केही स्थान र अन्य स्थानमा पाँच दिनसम्म विद्युत अवरुद्ध हुनसक्ने
दैनिक समाचारदाता
राजविराज, २ जेठ ।
सोमबार साँझ आएको हावाहुरीसँगै सप्तरीमा करिब पाँच दर्जन विद्युतका पोलहरु ढलेका कारण दर्जनौं गाबिस अन्धकार भएको छ ।
सोमबार साँझ आएको हावाहुरीका कारण सप्तरी सदरमुकाम राजविराजका साथै जिल्लाको दर्जनौं गाबिसका हजारौं स्थानीयबासीहरु दुई दिनदेखि अन्धकारमा रात बिताउँदै आएका छन् ।
हावाहुरीका कारणले जिल्लाका सदरमुकामसहित कल्याणपुर, भारदह, रुपनी, हनुमाननगर, पातोसहित अधिकांश क्षेत्रका दर्जनौं गाबिसका करिब ५०÷६० वटा सम्म विद्युतका पोलहरु ढलेका छन् ।
मंगलबार साँझसम्म पनि त्यस भेगमा विद्युत सेवा सूचारु हुन सकेको छैन् । त्यस क्षेत्रका स्थानियहरु अति आवश्यक संचारमाध्यम मध्ये एक मोबाईल समेत चार्ज गर्न पाएका छैनन् जसकारण उनीहरु संचारविहीन भएका छन् ।
यस्तै ईटहरी बिष्णुपुर गाबिसस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सप्तरी अगाडी रहेका २५ केभिको विद्युत ट्रान्सफर्मरसहित चार वटा विद्युतका पोल समेत ढल्दा सो भेगमा विद्युत अवरुद्ध हुन पुगेको छ ।
यसैबिच नेपाल विद्युत प्राधिकरण राजविराज वितरण केन्द्रका प्रमुख रामउदगार साहसँग सो सम्बन्धमा जिज्ञासा राख्दा उहाँले मंगलबार राजविराज नगर क्षेत्रका बडा न. २, ९ र १० बाहेक अन्य वडामा विद्युत सूचारु भईसकेको जानकारी दिनुभयो । उहाँले त्यस बाहेक भारदह, कंचनपुर, हनुमाननगर, रुपनी, कल्याणपुरदेखि पातो सम्मको रुटमा चार पाँच दिनपछि मात्र विद्युत संचालन हुन सक्ने जानकारी दिनुभयो ।
हावाहुरीका कारण करिब पाँच दर्जन भन्दा बढी विद्युतका पोलहरु ढलेकाले सो मर्मत सम्भार नभएसम्म नियमित रुपमा विद्युत संचालन हुन नसक्ने उहाँले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ