News Category 2074/02/04
मलेठमा मारिएका पाँचै जना सहिद घोषणा, गृहमन्त्री निधिबाट सहिद परिवारलाई राहत प्रदान
दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
नेकपा एमालेको मेची महाकाली अभियानका क्रममा सप्तरीको मलेठ गाविसमा प्रहरीको गोली लागी मृत्यु भएका पाँचजनालाई नेपाल सरकारले बुधबार सहिद घोषणा गरेको छ ।
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले बुधबार राजविराजमा आयोजित कार्यक्रममा पाँचैजनालाई मन्त्रिपरिषद्को निर्णयअनुसार सहिद घोषणा गरिएको जानकारी दिनुभयो ।
प्रहरीको गोली लागि सप्तरी मलेठका सन्जन मेहता, पीताम्बर मण्डल, वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो । उनीहरु सबैलाई गृहमन्त्री निधिले बुधबार सहिद घोषणा गर्दै प्रति परिवार १० लाख रुपैयाँ राहतस्वरुपको रकम समेत हस्तान्तरण गर्नुभयो ।
सोही कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री निधिले संविधान हिमाल, पहाड र तराईमा बस्ने सबै नेपाली जनताको हो भन्दै संविधानलाई संशोधन गरेर त्यसलाई कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले संविधान संशोधनपछि असन्तुष्ट रहेका दलहरु पनि आफ्नो असन्तुष्टि त्यागेर स्थानिय तहको दोश्रो चरणको निर्वाचनमा भाग लिने विश्वास व्यक्त गर्नुभयो ।
यसैबीच मन्त्री निधिले मलेठ घटनाको छानबिनका लागि पुनरावेदन अदालतका सेवानिवृत मुख्य न्यायाधीश अली अकबर मिकरानीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय आयोग गठन भएको र उक्त आयोगले काम थालेको एक महिनाभित्र प्रतिवेदन बुझाउने जानकारी दिनुभयो ।
एमालेको मेची महाकाली अभियानअन्तर्गत सप्तरीको बसबिट्टी गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा कार्यक्रम भइरहँदा गत फागुन २३ गते सो क्षेत्र वरिपरि प्रहरी र मधेशी मोर्चासँग भएको झडपका क्रममा प्रहरीको गोली लागि पाँचजनाको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ