News Category 2074/02/04
मलेठमा मारिएका पाँचै जना सहिद घोषणा, गृहमन्त्री निधिबाट सहिद परिवारलाई राहत प्रदान
दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
नेकपा एमालेको मेची महाकाली अभियानका क्रममा सप्तरीको मलेठ गाविसमा प्रहरीको गोली लागी मृत्यु भएका पाँचजनालाई नेपाल सरकारले बुधबार सहिद घोषणा गरेको छ ।
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले बुधबार राजविराजमा आयोजित कार्यक्रममा पाँचैजनालाई मन्त्रिपरिषद्को निर्णयअनुसार सहिद घोषणा गरिएको जानकारी दिनुभयो ।
प्रहरीको गोली लागि सप्तरी मलेठका सन्जन मेहता, पीताम्बर मण्डल, वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो । उनीहरु सबैलाई गृहमन्त्री निधिले बुधबार सहिद घोषणा गर्दै प्रति परिवार १० लाख रुपैयाँ राहतस्वरुपको रकम समेत हस्तान्तरण गर्नुभयो ।
सोही कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री निधिले संविधान हिमाल, पहाड र तराईमा बस्ने सबै नेपाली जनताको हो भन्दै संविधानलाई संशोधन गरेर त्यसलाई कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले संविधान संशोधनपछि असन्तुष्ट रहेका दलहरु पनि आफ्नो असन्तुष्टि त्यागेर स्थानिय तहको दोश्रो चरणको निर्वाचनमा भाग लिने विश्वास व्यक्त गर्नुभयो ।
यसैबीच मन्त्री निधिले मलेठ घटनाको छानबिनका लागि पुनरावेदन अदालतका सेवानिवृत मुख्य न्यायाधीश अली अकबर मिकरानीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय आयोग गठन भएको र उक्त आयोगले काम थालेको एक महिनाभित्र प्रतिवेदन बुझाउने जानकारी दिनुभयो ।
एमालेको मेची महाकाली अभियानअन्तर्गत सप्तरीको बसबिट्टी गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा कार्यक्रम भइरहँदा गत फागुन २३ गते सो क्षेत्र वरिपरि प्रहरी र मधेशी मोर्चासँग भएको झडपका क्रममा प्रहरीको गोली लागि पाँचजनाको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ