News Category 2074/02/04
नर्घोमा बृहत सरसफाई कार्यक्रम
दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
गाबिसस्तरीय सरसफाइ तथा स्वच्छता समन्वय समिति नर्घोले गरेको प्रतिवद्धता अनुसार तोकिएकै समयमा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न अग्रसरता देखाएको छ । सोही अनुसार बुधवार नर्घोमा बृहत सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ ।
उक्त बृहत सरसफाइ कार्यक्रम अन्र्तगत जनता शंकर उच्च माबि नर्घोबाट बृहत ¥याली निकालेर गाबिसभरि परिक्रमा गर्ने क्रममा बाटो सरसफाइ गरिएको थियो । साथै चर्पी नबनाएकालाई समेत तोकिएकै समय भित्र बनाउन जानकारी गराएका थिए ।
गाबिसस्तरीय सरसफाइ तथा स्वच्छता समन्वय समिती नर्घोको आयोजना संचालित कार्यक्रममा सबल नेपाल, स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रम, सिडिपी कार्यक्रम लगायतले समन्वय गरेका थिए ।
कार्यक्रममा गाबिसस्तरीय सरसफाइ तथा स्वच्छता समन्वय समिती नर्घोका अध्यक्ष एवं गाबिस सचिव दिनेश यादव, निर्वतमान गाबिस अध्यक्ष मुसहरु यादव, भुपु गाबिस अध्यक्ष प्रमानन्द यादव, निर्वतमान उपाध्यक्ष सत्यनारायण यादव, समाजसेवी लालदेव यादव, स्वतन्त्रता सेनानी बिहारी साह, प्रअ नारायण यादव लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बालबालिका, बिभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, नागरिक सचेतना केन्द्रका प्रतिनिधीहरु, शिक्षकहरु, महिला समुहहरु, सिडीपीका महिला सहजकर्ता लगायतको समेत सहभागिता रहेको थियो ।
हाल नर्घो गाबिसमा ९५ प्रतिशत शौचालय निर्माण भई सकेको र एक साता भित्र गाबिस पुर्ण रुपमा खुल्ला दिसा मुक्त क्षेत्र हुने जानकारी सबल नेपालका स्थानीय प्रज्वलक कृष्णदेव यादवले जानकारी गराउनु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ