News Category 2074/02/18
तराई–मधेस प्रदेशकालागि फोरमको २४ पृष्ठ चुनावी प्रतिबद्धता पत्र सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, १७ जेठ ।
संघीय समाजवादी फोरम नेपालले झापादेखि कञ्चनपुरसम्मको तराई–मधेस प्रदेशकालागि २४ पृष्ठको स्थानीय तह चुनावको प्रतिबद्धता पत्र बुधवार राजविराजमा सार्वजनिक गरेको छ ।
फोरमको तराई–मधेस प्रदेश समितिले एक कार्यक्रमको आयोजना गरी अध्यक्ष उपेन्द्र यादवले उक्त चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।
‘अधिकार र न्याय प्राप्तीकालागि ः संघर्ष, विकास र समृद्धिकालागि ः निर्वाचन, पहिचान र अधिकारसहितको संघीयता देशको स्वभिमान, समतामूलक समृद्धि र स्थानीय विकास हाम्रो अभियान’ भन्ने चुनावी प्रतिबद्धता पत्रको मूख्य नारा निर्धारण गरिएको छ ।
प्रदेश अन्तर्गत स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको निर्माण, अधिकार सम्पन्न स्थानीय तह र राष्ट्रिय सभाको निर्वाचन, भौतिक पूर्वाधारको विकास, स्थानीय विकासको मूल आधार, भाषा तथा संस्कृतिको संरक्षण तथा विकास, मानवीय संशाधनको विकास, उद्यमशिलता तथा रोजगारी, विकृति, विसंगति र भ्रष्टाचार उन्मुलन, सुशासन, सदाचार र जनमुखी प्रशासन, विकासको नेतृत्व स्थानीय तहलाई, स्थानीय कानूनहरुको निर्माण, समाज कल्याण, अन्तर्राष्ट्रिय संस्थाद्वारा पारित प्रस्ताव तथा अनुबन्ध, भूकम्प प्रभावित बस्ती र पुनर्निमाण, सबैखाले उत्पीडनको अन्त्य, प्राप्त उपलब्धीहरुको रक्षासहितका विषयहरुलाई फोरमले चुनावी एजेण्डा बनाएको छ ।
यसैगरी स्थानीय तहको रुपमा रहेका गाउ“पालिका ÷नगरपालिकाहरुलाई ‘अधिकार सम्पन्न स्थानीय सरकार’को रुपमा रहेको जनतालाई अनुभूति गराउन जनप्रशासन, विकास पूर्वाधार निर्माणसहितका कार्यक्रमहरुको सञ्चालन केन्द्रको रुपमा विकसित गराउनेसमेत फोरमले आफ्नो चुनावी एजेन्डाको रुपमा प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ