News Category 2074/02/18
तराई–मधेस प्रदेशकालागि फोरमको २४ पृष्ठ चुनावी प्रतिबद्धता पत्र सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, १७ जेठ ।
संघीय समाजवादी फोरम नेपालले झापादेखि कञ्चनपुरसम्मको तराई–मधेस प्रदेशकालागि २४ पृष्ठको स्थानीय तह चुनावको प्रतिबद्धता पत्र बुधवार राजविराजमा सार्वजनिक गरेको छ ।
फोरमको तराई–मधेस प्रदेश समितिले एक कार्यक्रमको आयोजना गरी अध्यक्ष उपेन्द्र यादवले उक्त चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।
‘अधिकार र न्याय प्राप्तीकालागि ः संघर्ष, विकास र समृद्धिकालागि ः निर्वाचन, पहिचान र अधिकारसहितको संघीयता देशको स्वभिमान, समतामूलक समृद्धि र स्थानीय विकास हाम्रो अभियान’ भन्ने चुनावी प्रतिबद्धता पत्रको मूख्य नारा निर्धारण गरिएको छ ।
प्रदेश अन्तर्गत स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको निर्माण, अधिकार सम्पन्न स्थानीय तह र राष्ट्रिय सभाको निर्वाचन, भौतिक पूर्वाधारको विकास, स्थानीय विकासको मूल आधार, भाषा तथा संस्कृतिको संरक्षण तथा विकास, मानवीय संशाधनको विकास, उद्यमशिलता तथा रोजगारी, विकृति, विसंगति र भ्रष्टाचार उन्मुलन, सुशासन, सदाचार र जनमुखी प्रशासन, विकासको नेतृत्व स्थानीय तहलाई, स्थानीय कानूनहरुको निर्माण, समाज कल्याण, अन्तर्राष्ट्रिय संस्थाद्वारा पारित प्रस्ताव तथा अनुबन्ध, भूकम्प प्रभावित बस्ती र पुनर्निमाण, सबैखाले उत्पीडनको अन्त्य, प्राप्त उपलब्धीहरुको रक्षासहितका विषयहरुलाई फोरमले चुनावी एजेण्डा बनाएको छ ।
यसैगरी स्थानीय तहको रुपमा रहेका गाउ“पालिका ÷नगरपालिकाहरुलाई ‘अधिकार सम्पन्न स्थानीय सरकार’को रुपमा रहेको जनतालाई अनुभूति गराउन जनप्रशासन, विकास पूर्वाधार निर्माणसहितका कार्यक्रमहरुको सञ्चालन केन्द्रको रुपमा विकसित गराउनेसमेत फोरमले आफ्नो चुनावी एजेन्डाको रुपमा प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ