News Category 2074/02/19
दरबरिया शक्तीले स्थानिय तह कब्जा गरी संघियता र गणतन्त्र समाप्त गर्न खोज्दैछ ः अध्यक्ष यादव
दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले कंग्रेस, एमाले, माओबादी केन्द्र सहितका दरबरिया शक्तीले स्थानिय तह कब्जा गरी संघियता र गणतन्त्र समाप्त गर्न खोजेको आरोप लगाउनु भएको छ ।
सप्तरीको कंचनपुरमा बिहिबार आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई संबोधन गर्दै सो आरोप लगाउँदै उहाँले दरबरिया शक्तीसँग मिलेर मधेशको स्थानिय तह कब्जा गर्ने षड्यन्त्र सफल हुन नदिने बताउनु भयो ।
संघीयता र पहिचनबादी पक्षलाई चुनाबमा भाग लिन नदिन राज्यको सबै शक्ती सक्रिय रहेको उल्लेख गर्दै अध्यक्ष यादबले चुनावलाई उपयोग गरी मधेशी जनताको मुद्दा स्थानिय तहमा स्थापित गर्नुपर्ने जिकिर गर्नुभयो ।
मधेशी, आदीबासी जनजातीसहितका उत्पीडित समुदायको अधिकार सुनिचितताको लागी स्थानिय तह आफ्नो पक्षमा पार्नु आवश्यक रहेको बताउदै मधेशी जनता बिरोधी पार्टीद्वारा चलाएको मधेश बिरुद्धको भ्रमको पछाडी नपर्न उहाँले अग्रह समेत गर्नुभयो ।
कार्यक्रममा बिष्णुदेब महतोको नेतृत्वमा एमाले परित्याग गरी राजेश यादब, आनन्द यादब, सोमी मुखिया, कपिल बर्बरिया लगायतका २ दर्जन, माओबादी केन्द्र परित्याग गरी रोहित साह, मुन्ना सेख, हजरथ मंसुरी, आकुब मंसुरी, ताज मोहमद, ईजराई सेख, महमद समिद, भरत प्रसाद गुप्ता बिकास प्रसाद गुप्ता लगायतका ६ दर्जन नेता कार्यकर्ता फोरम नेपालमा प्रबेश गरेका छन ।
फोरम नेपालका सप्तरी अध्यक्ष दिनेश कुमार यादबको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य सुर्यनाथ यादव, तराई मधेश मुख्य सचिव शम्भु झा, जिल्ला सदस्यहरु बृजमान तामाङ, रामेश्वर यादब, दिल कुमारी चौधरी लगायत क्षेत्र नम्बर १ अन्र्तगतका अगुवा नेता कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ