News Category 2074/02/19
राजपासहितको गठबन्धनद्वारा नयाँ आन्दोलनको घोषणा
दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
राष्ट्रिय जनता पार्टी नेपालसहितको संघीय गठबन्धनले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको छ । यसअघि घोषणा गरेका कार्यक्रम फिर्ता लिदै बुधबार गठबन्धनले नयाँ कार्यक्रम घोषणा गरेको हो ।
गठबन्धनद्धारा जारी विज्ञप्तमा दोस्रो चरणको निर्वाचनको मिति सरकारले असार १४ गतेको लागी पूनः निर्धारित गरेको र यसबाट मुस्लिमहरुको रमजान महिना भरिको पवित्र रोजा ब्रत एवं ईद पर्व प्रतिको हाम्रो संवेदनशीलता समेत सम्बोधन भएकोले यसलाई सकारात्मक रुपमा ग्रहण गरेका जनाइएको छ ।
आन्दोलनका नयाँ कार्यक्रम अनुसार जेठ १८ देखी २१ सम्म प्रत्येक गाँउ, टोल, वडा, गाँउपालिका, नगरपालिका स्तरमा आन्दोलन परिचालन समिति गठन गर्ने र गठित समितिवारे जिल्ला अध्यक्ष मंडलको संयोजकलाई जानकारी पठाउने रहेको छ ।
त्यस्तै जेठ २२ गते सबै गाँउ, टोल, वाडामा आन्दोलन परिचालन समितिको बैठक र अन्तरक्रिया गरी आन्दोलन सफल बनाउनका लागी रणनिती बनाउने रहेको छ ।
त्यसैगरि जेठ २३ गते आन्दोलन सशक्त र सफल बनाउने सम्बन्धमा सबै गाँउपालिका र नगरपालिकाको आन्दोलन परिचालन समितिको बैठक तथा अन्तरक्रिया गर्ने र गाँउ, टोल र वडाबाट बनाइएको कार्यक्रम समेतलाई दृष्टिगत गरी अर्को चरणको आन्दोलनको सशक्त र ठोस कार्यक्रम बनाउने रहेको छ ।
यस्तै जेठ २४ गते सबै गाँउपालिका एवं नगरपालिकाको कुनै एक स्थानमा विशाल विरोध सभाको आयोजना गर्ने र जेठ २५ गते मधेश र थरुहटर लिम्बुवानमा दिनको १ बजे देखी ३ बजे सम्म चक्का जाम गर्ने निर्णय गरिएको छ ।
आन्दोलनको घोषित कार्यक्रमको अबधी भित्र पनि सरकारले संविधान संशोधन, मुद्दा र्फिता र स्थानिय तहको संख्या जनसंख्याको अनुपातमा बढाउने लगायतका माँग सम्बोधन गरी गठबन्धनको घटक दलहरु समेतलाई निर्वाचनमा जाने वातावरण वनाउने काम नगरेमा आन्दोलन र संघर्षको थप, सशक्त र कडा कार्यक्रम ल्याइने गठबन्धनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ