News Category 2074/02/22
सीमांकन नसच्याए मतदानमा सहभागि नहुने हरिहरपुरवासीको चेतावनी
दैनिक समाचारदाता
राजविराज, २१ जेठ ।
सप्तरीको साबिक हरिहरपुर गाबिस वडा नं. ६ मटीगढी टोल तथा हाल राजविराज नगरपालिका वडा नं. १० का स्थानीयबासीहरुले सीमांकन नसच्याए मतदानमा सहभागि नहुने चेतावनी दिएका छन् ।
सरकारले सप्तरीमा स्थानिय तहको संख्या थपेपछि साविकको हरिहरपुर गाविसको ९ वडा मध्ये ८ वटा वडालाई कृष्णसावरण गाउँपालिका वडा नं. ३ र बाँकी रहेको ६ नं. वडालाई राजविराज वडा नं. १० कायम गरेको छ ।
नेपाल पत्रकार महासंघ शाखा राजविराजमा सोमबार आयोजित पत्रकार सम्मेलनमा हरिहरपुरका स्थानीयबासीहरुले सिमांकन सच्याएर रावि वडा नं. १० बाट कृष्णासावरण गाउँपालिका वडा न. ३ मा समावेश गरिनु पर्ने माँग राखेका छन् ।
राजविराज वडा नं. १० बाट कृष्णासावरण गाउँपालिका वडा नं. ३ मा समावेश गराउनका लागि स्थानिय एमाले, काग्रेस, माओवादी, नेकपा संयुक्त, संघिय समाजवादी फोरम नेपाल, राजपा नेपालसहित ७ वटै राजनीतिक दलहरुको सहमति पत्र समेत प्राप्त गरिसकेको जानकारी दिएका छन् ।
स्थानीय सरोकारबालाहरुले आप्mनो वडाको जनसंख्या ९ सय ८२ रहेको तथा सो वडामा ४ सय १७ मतदाता रहेको जानकारी दिएका छन् ।
सो पत्रकार सम्मेलनमा स्थानीय तेज नारायण यादव, रुन्दी यादव, छोटेलाल यादव, नेबु कुमार यादव सहितकाहरुले सिमांकन संशोधन गरी हरिहरपुरलाई कृष्णा सावरण गाउँपालिकामा समावेश गर्नका लागि निर्णयसहित सोमबारै काठमाण्डौ जाने जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ