News Category 2074/02/22
पकरी माविमा लगाइएको ताला प्रहरी प्रशासनले खोलेको प्रति आपत्ति
दैनिक समाचारदाता
राजविराज, २१ जेठ ।
सप्तरीको पकरीस्थित नर बहादुर थापा जनता मावि पकरी गोठ सोनरा विद्यालयका प्रअले भ्रष्टाचार गरेको भन्दै स्थानीय अभिभावकहरुले लगाएको तालाबन्दी प्रहरी प्रशासनले जर्वजस्ती खोलेकोप्रति भत्र्सना गरेको छ ।
विद्यालयका प्रअ प्रदीप कुमार चौधरीले विद्यालयका रहेका शैक्षिक अवैधानिक क्रियाकलापका साथै आर्थिक हिनामिना तथा विद्यालयमै आतंक फैलाएको भन्दै प्रअको कोठा र लेखा शाखामा गत बैशाख १४ गते अभिभावकहरुले तालाबन्दी गरेका थिए ।
नेपाल पत्रकार महासंघ शाखा राजविराजमा सोमबार स्थानीय बृद्धिजिवी, अभिभावकहरुले एक पत्रकार सम्मेलनको आयोजना गरी सो कार्यको घोर भत्सर्ना गरेका हुन ।
आयोजित पत्रकार सम्मेलनमा अवकाश प्राप्त शिक्षक मनोज कुमार यादवले विद्यालयका प्रअ चौधरीले विद्यालयका प्रावि शिक्षक कृष्णदेव यादव, जिल्ला शिक्षा कार्यालयका सप्तरीका सव ईन्जिनियर उपेन्द्र प्रसाद यादव र विद्यालयका सह लेखापाल पुलकित यादव समेतलाई बिना कारण निर्घात कुटपिट तथा गाली बेईजती गरी अभद्र व्यवहार गरेको तथा ६ कोठे भवन निर्माण गर्दा कुकाठ लगाई पुरानो भवनको ईटा लगाएको र बाँकी पुराना ईटा र पुरानो भवनको काठ, भ्mयाल ढोका विक्रि गरी भ्रष्टाचार गरेको साथै वालुवामा कम सिमेन्ट गरी कमजोर भवन बनाई हाल अधुरो राखेको, चार कोठे भवनमा स्टिमेट अनुसारको वालुवा, गिटी, सिमेन्ट प्रयोग नगरेको भन्दै विद्यालयमा तालाबन्दी गरेको दाबी गर्नुभयो ।
त्यस्तै पत्रकार सम्मेलनमा सेवा निवृत कर्मचारी बिनोद कुमार यादवले विद्यालयका प्रअ तथा विद्यालय प्रशासनको मिलोमतोमा शैक्षिक सत्र २०७२ मा जेहेन्दार छात्रवृति वापतको रकम १ हजार ७ सयमा भरपाई गराई १ हजार २ सय मात्र वितरण गरेको, कक्षा १० को परीक्षा फारम वापतको रकम बिना निर्णय एकलौटी रुपले १ हजार १ सय प्रति विद्यार्थी शुल्क लिई आर्थिक हिनामिना गरेको आरोप लगाउँदै सो विषयको समस्या समाधान नभएसम्मको लागि विद्यालय प्रअ चौधरीलाई विद्यालय प्रवेशमा समेत रोक लगाएको जानकारी दिनुभयो ।
उहाँले विद्यालयका प्रअको आचरण समेत राम्रो नरहेको आरोप लगाउँदै शिक्षक निुयक्तिमा समेत व्यापक आर्थिक चलखेल गरेकोले प्रअलाई विद्यालय प्रवेशमा निषेध गरीएको जनाउँदै उक्त विद्यालयको विद्यालय व्यवस्थापन समिति समेत अवैधानिक रहेको आरोप लगाईएको छ ।
उक्त पत्रकार सम्मेलनमा स्थानीय अभिभावकहरु संतोष कुमार यादव, राज कुमार यादव, प्रमोद यादव, योगेन्द्र प्रसाद यादव सहितकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ