News Category 2074/02/23
सप्तरीमा मतपत्र रुजु गर्ने काम सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
सप्तरीमा स्थानिय तहको निर्वाचनका लागि निर्वाचन कार्यालयले मतदाता शिक्षा सुरु गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि मतपत्र रुजु गर्ने काम सम्पन्न गरेको छ भने कर्मचारी छनोट प्रक्रियालाई तिब्रता दिएको छ ।
मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत राजविराजका मुख्य न्यायाधिश सारदा प्रसाद कोइरालाले सप्तरीको १७ वटै स्थानिय तहका लागि पठाइने मतपत्र रुजु गरिसकिएको जानकारी दिनुभयो । उहाँले सो मतपत्रहरु रुजु गर्न सात दिनको समय लागेको बताउँनुभयो ।
यस्तै उहाँले मतदाता रुजु गरिसकेपछि कर्मचारीहरुको छनोटका लागि कार्य प्रारम्भ समेत गरिसकेको जानकारी दिनुभयो । सम्पूर्ण कार्यालयहरुबाट कर्मचारीहरुको सूची आइसकेको बताउँदै १७ वटै स्थानिय तहका लागि २ हजार ७ सय कर्मचारी आवश्य पर्ने जानकारी दिनुभयो । कर्मचारी छर्नौट गर्ने क्रममा मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारी छनौटको कार्य पनि तीन चार दिनमै सम्पन्न भइसक्ने उल्लेख गर्नुभयो ।
सप्तरीमा १७ वटा स्थानिय तहका लागि २ सय ९२ मतदान स्थल अन्तरगत ४ सय ६१ मतदान केन्द्र तोकिएको छ । जसमा जिल्लाका २ सय ८६ मतदान स्थललाई सरकारले संवेदनशिल र ६ स्थललाई अत्यन्त संवेदनशिल केन्द्रको सूचीमा राखेको छ ।
यसअघि जिल्ला निर्वाचन कार्यालय सप्तरीले जेठ ५ गतेदेखी ४ सय ६१ कर्मचारीहरु मार्फत मतदाता शिक्षा कार्यक्रम संचालन गरिरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ