News Category 2074/02/23
अधिकार नलिई चुनावमा जादैनौं र चुनाव पनि हुन दिदैनौं ः राजेन्द्र महतो
दैनिक समाचारदाता
सर्लाही, २२ जेठ ।
राजपा नेपाल अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले अधिकार नलिई चुनावमा भाग नलिने र चुनाव पनि हुन नदिने चेतावनी दिनुभएको छ ।
सर्लाहीको बरहथवामा सोमबार राष्ट्रिय जनता पार्टी नेपालद्वारा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम राजपाका नेता महतोले सो चेतावनी दिनुभएको हो ।
सो पत्रकार सम्मेलनमा उहाँले राजपा चुनावको बिरोधी नरहेको र सरकारले आजै मधेशी, आदिवासी जनजातीको माँग पुरा गरे आजै चुनावमा जान तैयार पनि रहेको स्पष्ट पार्नुभयो ।
राज्यले अहिले गठन गरेको गाउँपालिका र नगरपालिका जनसंख्याको आधारमा नगरेर मधेशीहरूको प्रतिनिधित्व घटाउने काम गरेको आरोप लगाउँदै नेता महतोले मधेशमा ५० प्रतिशत भन्दा बढ़ी जनसंख्या रहेकोले सोही अनुसार गाउँपालिका र नगरपालिकामा प्रतिनिधित्व हुनुपर्ने माँग गर्नुभयो ।
त्यस्तै उहाँले आन्दोलनको क्रममा झुठा मुद्दा चलाएर सरकारले आन्दोलनकारीहरूलाई अहिले पनि जेलमा रहेको, शहिद घोषणा हुन बाँकी रहेको, आन्दोलनका घाईतेहरूले क्षतिपूर्ति नपाएको भन्दै चुनावमा जान नसक्ने स्पष्ट पार्नुभयो ।
संविधानमा रहेको बिभेद बिरूद्धमा आन्दोलन भएको र संबिधान संसोधन नभए सम्म राजपाले आन्दोलन जारी राख्ने उहाँले जिकिर गर्नुभयो ।
सर्लाहीको बरहथवामा राष्ट्रीय जनता पार्टी नेपालद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रम राजपाका नेता राजेन्द्र महतोको प्रमुख आतिथ्य तथा क्षेत्र नम्बर तीनका क्षेत्रीय अध्यक्ष मण्डलका संयोजक रामबाबु यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ