News Category 2074/02/24
सप्तरीमा एमाले उम्मेदवारको घोषणा गर्ने पहिलो पार्टी बन्यो, दुई पत्रकारसहित राजपाका नेताहरु एमालेमा प्रवेश
दैनिक समाचारदाता
राजबिराज, २३ जेठ ।
असार १४ गते हुने स्थानिय तहको दोश्रो चरणको निर्वाचनका लागि एमाले सप्तरीले सदरमुकाम राजविराजको मेयर उपमेयरको उम्मेदवारको नाम मंगलबार घोषणा गरेको छ । यो सँगै एमालेले स्थानिय तहको निर्वाचनका लागि सप्तरीमा उम्मेदवारको घोषणा गर्ने पहिलो पार्टी बनेको छ ।
एमाले पार्टी कार्यालय राजविराज ८ स्थित मदननगरमा आयोजित पार्टी प्रवेश एवं उम्मेदवार घोषणा कार्यक्रममा एमालेका पोलिट्ब्युरो सदस्य रामप्रित पासवानले विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउनुभयो । सो कार्यक्रममा जिल्लाका दुई पत्रकार पनि एमालेमा प्रवेश गरेका छन् ।
सोही कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल २ नं. प्रदेश सदस्य एवं राजविराज ७ निवासी सुखराम यादवलाई पार्टी प्रवेश गराउनुका साथै राजविराज नगरको मेयर पदको उम्मेदवार समेत घोषणा गरिएको छ भने उपमेयरमा राजविराज १ निवासी ममता चौधरीलाई उम्मेदवार बनाइएको छ ।
मेयरका उम्मेदवार सुखराम यादव राजविराजस्थित ग्लोबल सहकारी संस्थाका संस्थापक हुन् भने उपमेयरका उम्मेदबार ममता चौधरी विद्यार्थी कालदेखी नै एमालेकी सक्रिय सदस्य रहेकी छिन् । यादव सेवानिवृत बैंक कर्मचारीका साथै नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य समेत हुन् । यस्तै पत्रकार महासंघका अर्का सदस्य हेमशंकर सिंह, राजपाका केन्द्रिय सदस्य सुरेशकुमार सिंह, लाल मोहम्मदलगायत दर्जनौं एमालेमा प्रवेश गरेका छन् ।
यसैगरि पोलिट्ब्युरो सदस्य पासवानले राजविराज ७ स्थित नेकपा एमाले नगर प्रचार प्रसार समितिको कार्यालयको पनि मंगलबारै उद्घाटन गर्नुभयो । सो अवसरमा एमाले केन्द्रिय सदस्य सुमनराज प्याकुरेल, जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने, दिवाकर देवकोटा लगायतको उपस्थिति रहेको थियो ।
गत फागुन २३ गते नेकपा एमालेको मेची महाकाली अभियानका क्रममा सप्तरीमा भएको घटना पश्चात् त्यसको ठीक तीन महिना पछि मंगलबार नेकपा एमाले सप्तरीले खुल्ला रुपमा आफ्नो चुनावी कार्यक्रम गर्न पाएको हो । सो घटनामा प्रहरीको गोली लागि पाँच जनाको मृत्यु भएको थियो भने सरकारले पाँचै जनालाई सहिद समेत घोषणा गरिसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ