News Category 2074/02/29
जेठ ३०, ३१ र असार १, २ गते थरुहट, मधेस र लिम्बुवान बन्द, १० गतेदेखि अनिश्चितकालीन आमहडताल, राजपा नेपालद्वारा आमहड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा
दैनिक समाचारदाता
राजविराज, २८ जेठ ।
सरकार र राजपा नेपालबीच आइतबार सम्पन्न बैठक बिना निष्कर्ष टुङ्गिएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आमहड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
असार १४ गते निर्धारित चुनावलाई लक्षित गर्दै राजपाले १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ ।
आन्दोलनका कार्यक्रम सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राजपा नेता राजेन्द्र महतोले सरकारसँग वार्ताको औचित्य सकिएको बताउनुभयो ।
राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा जारि विज्ञप्तिमा जेठ २९ गते जिल्ला सदरमुकाममा मसाल जुलुस र जेठ ३०, ३१ र असार १ र २ गते थरुहट, मधेस र लिम्बुवान बन्द गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।
यस्तै जेठ ३० र ३१ गते गाउँपालिका नगरपालिकाहरुमा चुनावको विरोधमा माइकिङ गर्ने, असार १ गते विभिन्न चोक र चौराहामा खबरदारी सभाका साथै शहीदहरुको तस्वीरमा माल्यार्पण गर्ने आन्दोलनका कार्यक्रमहरु रहेको छ ।
त्यस्तै असार २ गते गाउँपालिका नगरपालिकाहरुमा निर्वाचन केन्द्रको कार्यालयमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने रहेको छ । स्मरण रहोस् असार २ गते उम्मेदवारी दर्ता गर्ने मिति हो ।
यस्तै असार ३ र ४ गते शहीदहरुको तस्वीर प्रदर्शन गर्ने, असार ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने, ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
असार ६ गतेदेखि १४ गतेसम्म निर्वाचनसम्बन्धी कार्याक्रमहरुमा अवरोध पु¥याउने कार्यक्रम रहेको छ भने असार ८ गते जिल्ला सदरमुकामहरुमा मोटरसाइकल ¥याली निकाल्ने, असार ९ गते सदरमुकाममा मजाल जुलुस तथा १० गतेदेखि अनिश्चितकालीन आम हडताल गर्ने निर्णयहरु सार्वजनिक गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ