News Category 2074/02/29
राजपाले गैरराजनीतिक चरित्र देखाएको एमालेको आरोप
दैनिक समाचारदाता
राजविराज, २८ जेठ ।
नेकपा एमाले नगर कमिटि राजविराज संयोजक निरंजन कुमार झाले राजपा नेपालले बिरोधका कार्यक्रमहरु पूर्वप्रेषित नगरि गैरराजनीतिक चरित्र देखाएको आरोप लगाउनुभएको छ । झाद्वारा आइतबार जारि विज्ञप्तिमा नेकपा एमाले नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा राजपा पार्टीका नेता कार्यकर्ताको मनोबल गिराउने भिडन्त र त्रासको वातावरण सृजना गरेको आरोप लगाइएको छ ।
त्यस्तै विज्ञप्तिमा नेकपा एमाले र नेता कार्यकर्ता विचलित न भई अझ संगठीत भै प्रतिकार गर्नुपर्ने भए सक्षम रहेको र जनताको पनी सहयोग रहने विश्वासका साथ आफ्ना गैरराजनीतिक चरित्र सुधार्ने ध्यानाकर्षण गराइएको छ ।
साथै घटनाको उचित छानविन गरी दोषीलाई कार्यवाही तथा धनजनको क्षतिपूर्ति दिन सम्बद्ध पक्षसँग नेकपा एमाले जोडदार माग गरेको छ ।
आम जनतामा आग्रह राजपाले अरु दलले गर्ने राजनीतिक गतिविधीमा अवरोध नगर्ने तर नेकपा एमाले मात्रलाई अवरोध पु¥याउने नियतबाट जिल्लाको शान्ति सुरक्षा, निर्वाचन प्रकृया कसरी सञ्चालन हुन सक्ने प्रति गम्भीर हुन समेत अपिल गरिएको छ ।
साथै कार्यक्रमबारे विहानै नगर प्रहरी इन्चार्जलाई सम्पूर्ण जानकारी पठाई रहँदा पनि स्थानीय प्रशासन, प्रहरी प्रशासन समेतले जिम्मेवारीपूर्वक सुरक्षा ब्यवस्था दिन नसकेको प्रति नेकपा एमाले घोर भत्र्सना गरेको उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ