News Category 2074/02/30
भ्रष्टाचार गरेको भन्दै स्थानीयहरुले लगाएको आरोप निराधार ः प्रअ
दैनिक समाचारदाता
राजविराज, २९ जेठ ।
सप्तरीको पकरीस्थित नर बहादुर थापा जनता मावि पकरी गोठ सोनरा विद्यालयका प्रअले भ्रष्टाचार गरेको भन्दै स्थानीयहरुले लगाएको आरोप निराधार भएको दाबी गरिएको छ ।
विद्यालयका प्रअ प्रदीप कुमार चौधरीले सोमबार नेपाल पत्रकार महासंघ सप्तरीमा एक पत्रकार सम्मेलनको आयोजना गरि सो आरोपहरु निराधार भएको दाबी गर्नुभयो ।
उहाँले अवकाश प्राप्त कर्मचारी एवं स्थानिय बिनोद कुमार यादवले आफ्नो राजनीतिक वर्चश्व कायम गर्न विद्यालयको झुठा मुद्दा उठाएर बदनाम गर्न खोजेको आरोप लगाउनुभयो । त्यस्तै प्रअ चौधरीले अर्का अवकाश प्राप्त सोही विद्यालयका शिक्षक मनोज यादवले समेत राजनीति गर्न खोजिरहेको आरोप लगाउनुभयो ।
आयोजित पत्रकार सम्मेलनमा प्रअ चौधरीले जिल्ला शिक्षा कार्यालयका सप्तरीका सव ईन्जिनियर उपेन्द्र प्रसाद यादव र विद्यालयका सहलेखापाल पुलकित यादव कुटपिट नगरेको दाबी गर्नुभयो । उहाँले विद्यालय निर्माणका क्रममा २० विद्यालयका तर्फबाट जनसहभागिता रहने प्रावधान रहेकोले विद्यालयकै काठ र ईटा प्रयोग गरेको बताउनुभयो ।
उक्त पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र प्रसाद यादव, सदस्यहरु धनराज यादव र विद्यालयका संस्थापक सदस्य बिमल कुमार थापाको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ