News Category 2074/03/01
राजपाको आन्दोलनमा सूर्यचन्द्र अंकित नेपाली झण्डा
दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
आउँदो असार १४ का लागि जिल्ला निर्वाचन कार्यालय सप्तरीले मतदान अधिकृतहरुका लागि बुधबार तालिमको व्यवस्था मिलाइरहँदा राजपा नेपालका नेता कार्यकर्ताहरुले तालिम स्थल अगाडी धर्ना तथा बिरोध गरिरहेका थिए ।
राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस अगाडी राजपा नेपाल सप्तरीका नेता कार्यकर्ताहरुले संविधान संशोधन, जनसंख्याको आधार निर्वाचन क्षेत्र निर्धारण, आन्दोलनमा घाइते भएकाहरुको उपचार तथा मारिएकाहरुलाई सहिद घोषणा माग गर्दै सूर्यचन्द्र अंकित नेपालको झण्डा बोकेर धर्ना दिइरहेको देखिन्थे ।
बिरोध भने निर्वाचनको नभएर आफुहरुको माँग सम्बोधन गरेर मात्र निर्वाचन गर्नु पर्ने माँग उनीहरुको रहेको छ । सोही क्रममा राजपाका केन्द्रिय उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव र सहमहासचिव गजेन्द्र मण्डलले आफ्नो हातमा पार्टीको झण्डा नलिएर नेपालको झण्डा बोकेर बिरोध गरिरहेको देखिन्थे ।
नेताद्वयले हामी पनि नेपाली नागरिक हौं, अधिकारका लागि नेपाली झण्डा बोकेको र कसैले राष्ट्रियता नसिकाउन चेतावनी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ