News Category 2074/03/01
फोटो नखिच्न सेनाद्वारा उर्दी
दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
असार १४ गते हुने भनिएको स्थानिय तहको निर्वाचनको क्रममा सप्तरीमा अहिले सेना सडकमा देखिन थालेको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले बुधबार राजविराजमा सुरु गर्न लागेको सहायक मतदान अधिकृतको तालिम बिथोलेपछि सो स्थानमा नेपाली सेनाको टोली पुगेको थियो ।
यता फोटो खिच्न थालेपछि स्थानीय सञ्चारकर्मीहरुलाई फोटो नखिच्न सेनाले रोक लगाएको छ ।
राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा रहेको तालिम स्थल जाँदै गरेको सहायक मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिँदै राजपाका नेताहरुले धर्नाका बसाएपछि दर्जनौंको संख्यामा सेना सो स्थानमा देखिएको थियो । फोटो खिच्दै गरेका पत्रकारहरुलाई ड्युटीमा आएका सेनाले फोटो नखिच्न भनेको थियो ।
सञ्चारकर्मीहरुले सार्वजनिकस्थलमा सुरक्षाकर्मीको फोटो लिन पाउनु आफूहरुको पेसागत कार्य भएकोले फोटो खिच्न रोक लगाउनु प्रेस स्वतन्त्रताविपरीत रहेको संचारकर्मीहरुले प्रतिवाद समेत गरेका थिए ।
यसअघि पनि निर्वाचन सम्बन्धी सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रमका क्रममा राजपाले प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवलाई कालो झण्डा देखाउने समयमा पनि सेना सो स्थानमा देखिएको थियो । त्यस समयमा पनि सेनाले फोटो नखिच्ने भनेको थियो ।
यसैबीच नेपाल पत्रकार महासंघ सप्तरीले सञ्चारकर्मीहरुलाई पटक पटक फोटो खिच्न रोक लगाउने नेपाली सेनाको कार्यप्रति आपत्ति जनाएको छ । नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खडगाले सार्वजनिकस्थलमा सूचना संकलनका क्रममा फोटो खिच्न पाउनु पत्रकारको पेसागत अधिकार भएको र त्यसमा रोक लगाउने कार्य प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिकै प्रहार भएको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ