News Category 2074/03/02
चुनाव सार्दैमा आन्दोलनलाई कुनै फरक नपर्ने ः राजपा महासचिव सुमन
दैनिक समाचारदाता
राजविराज, १ असार ।
सरकारले प्रदेश नं. २ को चुनाव असोज २ गतेका लागि सारेकोमा राजपा नेपालका महासचिव मनिष कुमार सुमनले सरकारको उक्त निर्णयले आन्दोलनलाई कुनै फरक नपर्ने बताउनुभएको छ ।
राजविराज दैनिकसँग कुराकानी गर्दै महासचिव सुमनले जारि आन्दोलन मधेशी, आदिवासी, जनजाती, पछाडी पारिएका, सिमांनकृत वर्गको हकअधिकार सुनिश्चितका लागि भएको बताउनुभयो ।
संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, आन्दोलनमा मारिएकाहरुलाई सहिद घोषणा, घाइतेहरुलाई क्षतिपूर्ती र झुठा मुद्दा लगाएर पक्राउ गरिएकाहरु रिहा भएमात्र राजपा नेपाल निर्वाचनमा सहभागि हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी निर्वाचनको बिरोधी होइनौं, हाम्रो माँग कुनै नयाँ पनि होइन्, सरकारले बारम्बार हाम्रो माँगप्रति वेवास्ता गर्दै आएको छ, आन्दोलन हाम्रो रहर नभएर बाध्यता हो ।”
महासचिव सुमनले निर्वाचन आयोगले सार्वजनिक गर्ने नयाँ कार्यक्रम अनुसार आन्दोलनको नयाँ कार्यक्रमहरु सार्वजनिक गर्ने जानकारी दिनुभयो ।
यसअघि राजपा नेपालले निर्वाचन कार्यक्रमलाई लक्षित गर्दै गत जेठ ३० देखी चार दिने आमहड््तालको घोषणा समेत गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ