News Category 2074/03/03
माँग सम्बोधन नभएसम्म आन्दोलन जारि रहने ः राजपाका नेताहरु
दैनिक समाचारदाता
राजविराज, २ असार ।
संविधान संशोधन बिना स्थानीय निकायको निर्वाचन कुनै पनि हालतमा हुन नदिने राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय नेताहरुले बताएका छन ।
राजपा नेपालद्वारा शुक्रबार राजविराजमा आयोजित जानकारी सभा तथा पत्रकार सम्मेलनमा सहभागि अधिकांश नेताहरुले सो कुरा बताएका हुन ।
राजपा नेपालका केन्द्रिय महासचिव मनिष कुमार सुमनले सरकारले जर्बजस्ती संविधान कार्यान्वयन गर्न लागेको आरोप लगाउँदै उहाँले आन्दोलन राजपा नेपालको रहर होईन बाध्यता रहेको बताउँदै समतामुलक समाजको स्थापना नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
नेता सुमनले सप्तरीदेखि पर्सासम्म २ नं. प्रदेशमा सरकारले चुनाव स्थगित गरेर राजपा नेपालमा फुट ल्याउने प्रयास गरेकोले अन्य प्रदेशमा समेत गएर राजपा नेपालले आन्दोलन गर्ने बताउनुभयो ।
उहाँले फोरम अध्यक्ष यादवलाई रतन्धो रोग लागेकोले राम्ररी उपचार गराउन आग्रह गर्दै अहिले राजपाको आन्दोलनमा फोरमका नेता कार्यकर्ताहरुको पनि सहभागिता रहेको दाबी समेत गर्नुभयो ।
यसैगरि राजपा नेपालका बरिष्ठ नेता मृगेन्द्र कुमार सिंह यादवले संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, शहिद घोषणा, घाईतेहरुलाई क्षतिपुर्ति, झुठा मुद्दा फिर्ता लिनुपर्ने लगायतका माँगहरु पुरा नहुन्जेलसम्म आन्दोलनका कार्यक्रमहरु जारी रहने उदघोष गर्नुभयो ।
उहाँले १ र ५ प्रदेशमा समेत बन्द, हडताल र आमहडताल जारी रहने बताउँदै सरकारले २ न. प्रदेशको चुनाव सारेकोमा राजपाको विमत्ति रहेको बताउनुभयो ।
त्यस्तै राजपा नेपालका अर्का बरिष्ठ नेता शेखर सिंहले संबिधान संशोधन र जनसंख्याको आधारमा समानुपनतिक प्रतिनिधित्व लगायतका माँगहरु सम्बोधन भएमात्र स्थानीय निकायको चुनावमा राजपा नेपालले भाग लिने स्पष्ट पार्नुभयो ।
राजपा नेपालका जिल्ला संयोजक सुनिल कुमार झाको अध्यक्षतामा आयोजित सो पत्रकार सम्मेलनमा राजपा नेपालका नेताहरु जय प्रकाश ठाकुर, गजेन्द्र कुमार मण्डल, सत्य नारायण यादव, राम नारायण यादव, रामप्रित यादव, दिनेश कुमार यादव, दिपेन्द्र चौधरी, किशोर कुमार यादव, निरज मुक्ति, सतिश कुमार सिंह, लक्ष्मण यादव, बिनोद कुमार यादव, महिलानेतृ पुनम यादव सहितकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ