News Category 2074/03/05
राजपाद्वारा असार १४ गते आमहड्ताल घोषणा
दैनिक समाचारदाता
राजविराज, ४ असार ।
राजपा नेपालले संविधानको संशोधन, मुद्दा फिर्ता, शहिद घोषणा, अपाङ्गको क्षतिपुर्ती र जनसंख्याको आधारमा स्थानिय तहको निर्धारण नभए सम्म शान्तिपुर्ण आन्दोलन जारी रहने स्पष्ट पारेको छ ।
राजपाका अध्यक्ष मण्डलका अध्यक्ष महेन्द्र राय यादवद्वारा आइतबार जारि विज्ञप्तिमा आन्दोलनलाई जारि राख्दै आन्दोलनका आगामी कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
आन्दोलनका कार्यक्रम अनुसार असार ५ र ६ गते उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन जनदवाव दिने र टोल टोलमा कालो झण्डा फहराउने, ७ गते देखि ९ गतेसम्म निर्वाचन सम्वन्धी सबै गतिविधी र कार्यक्रमहरु अवरुद्ध गर्ने रहेको छ ।
यस्तै असारढ १० गते प्रत्येक जिल्लाको सदरमुकाममा अन्तरक्रिया गर्ने, ११ गते मोटरसाईकल ¥याली गर्ने तथा १२ र १३ गते मुस्लिम दाजु भाई दिदी वहिनीहरुको ईद पर्व भएकोले उक्त दिन मधेश थरुहट वन्दको कार्यक्रम स्थगित गरिएको जारि विज्ञप्तिमा उल्लेख छ ।
साथै विज्ञप्तिमा ईदको दिनमा “ईद” को शुभकामना आदान प्रदान गर्ने र असार १४ गते मधेश र थरुहट वन्द तथा आमहड्ताल कार्यक्रम यथावत राखेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ