News Category 2074/03/06
फोरम अध्यक्ष यादवद्वारा राजपा नेतालाई आरोप पुष्टि गर्न चुनौती
दैनिक समाचारदाता
काठमाडौं, ५ असार ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पैसा लिएर चुनावमा गएको भन्दै आफूविरुद्ध लगाएको आरोप पुष्टि गर्न राजपा नेतालाई चुनौती दिनु भएको छ ।
फोरम नेपालका अध्यक्ष यादवले भन्नुभयो, ‘जसले यस्तो घटिया आरोप लगाएको छ, उसले आरोप पुष्टि गर्न तत्काल प्रमाण पेस गरोस् प्रमाण दिन सक्दैन भने मधेशी जनतासँग सार्वजनिक रुपमा माफी मागोस् ।”
राजपाको राजनीति दिशाहीन र औचित्यहीन भइसकेको भन्दै उहाँले दिग्भ्रमित राजपा नेताहरुले घटिया अभिव्यक्ति दिन थालेको टिप्पणी गर्दै राजपा आफै बाहिरबाट परिचालित पार्टी भएको आरोप समेत लगाउनुभयो ।
राजपा नेताहरुसँग राजनीतिक एजेन्डा नै नभएको भन्दै उहाँले अरुको चरित्र हत्या गर्ने, निराधार भ्रम सिर्जना गर्ने र बदनियतपूर्ण आरोप लगाउने जस्ता घटिया कार्यमा उत्रेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजपाको यस्तो तल्लोस्तरको गैरजिम्मेबार हर्कत मधेशका लागि घातक छ ।”
यसअघि राजपा नेपालका नेताले मनिष कुमार सुमनले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवमाथि सरकारबाट पैसा लिएर चुनावमा सहभागी भएको आरोप लगाउनु भएको छ ।
नेता मनिष सुमनले यादवमाथि सरकारसँग मोटो रकम बुझेर चुनावमा भाग लिएको आरोप लगाएपछि अध्यक्ष यादवले उक्त आरोपको खण्डन गर्नुभएको हो ।
सोमबार रिपोर्टर्स क्लबको साक्षात्कारमा सुमनले भन्नुभयो, ‘उपेन्द्र यादवले मधेशी जनतालाई धोका दिएका छन्, सरकारसँग मोटो रकम बुझेका छन्, त्यो प्रमाण मसँग छ, प¥यो भने देखाउन सक्छु ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ