News Category 2074/03/31
मलेठ घटना दुई नेताबीचको रिसिबीलाई मुछेर अन्यत्र मोड्न खोजेको तत्कालिन मोर्चा संयोजक यादवको आरोप
दैनिक समाचारदाता
राजविराज, ३० असार ।
गत फागुन २३ गते सप्तरीको मलेठमा भएको घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोग ताहिर अली नेतृत्वको टोलीले सरकारलाई पेश गरेको प्रतिवेदनप्रति संघीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादवले आपत्ति प्रकट गर्नुभएको छ ।
नेकपा एमालेको मेचीमहाकालि अभियानको तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सप्तरीको मलेठमा गरेको बिरोध पश्चात् प्रहरीको गोलीबाट पाँच जनाको ज्यान गएको घटनामा तत्कालिन मोर्चाका संयोजक दिनेश यादव र एमालेका नेता सुमनराज प्याकुरेलको व्यक्तिगत रिसिबीले समेत मलजल गरेको प्रतिवेदनमा उल्लेख भएपछि नेता यादवले सो कारणको प्रतिवाद गर्नुभएको हो ।
नेपाल पत्रकार महासंघ सप्तरीमा शुक्रबार तत्कालिन मोर्चाका संयोजक यादवले गर्नुभएको पत्रकार सम्मेलनमा राष्ट्रिय मानवअधिकार पनि एमालेको कार्यकर्ता भर्ती केन्द्र भएको आरोप लगाउँदै मलेठ घटनालाई दुई नेताको रिसिबीको बहाना बनाएर अन्यत्र मोड्न खोजेको आरोप समेत लगाउनुभयो ।
उहाँले मलेठ घटना हुनुमा एमाले र काँग्रेस दुबै दोषि रहेको आरोप लगाउँदै घटनाको सत्यतथ्य बाहिर आउनु पर्ने माँग समेत गर्नुभयो । उहाँले मलेठ घटना अन्तराष्ट्रियकरण भइसकेको अवस्थामा दुई नेताबीचको आपसी मतभेदलाई अगाडी सारेर आयोगले संचारजगत समेतलाई बदनाम गर्न खोजेको बताउनुभयो ।
मोर्चाका कार्यकर्ताहरुले लाठी, भाला, रड र पेट्रोल बम प्रहार गर्दै कार्यक्रम स्थल तर्फ जाँदै गरेको अवस्थामा सुरक्षाकर्मी भन्दा बढी प्रदर्शनकारी रहेको भन्दै प्रतिवेदनमा सो अवस्थामा प्रहरीले गोली चलाउनु परेको उल्लेख गरिएको विषय पनि कपोकल्पित र झूठो भएको अध्यक्ष यादवले दाबी गर्नुभयो । मोर्चाका कार्यकर्ताहरुले शान्तिपूर्ण प्रदर्शन गरेको दाबी गर्दै पत्रकार सम्मलेनमा अध्यक्ष यादवले घटनामा प्रहरीले एमाले र तत्कालिन गृहमन्त्रीको आदेशमा गोली चलाएको आरोप लगाउनुभयो ।
पत्रकार सम्मेलनमा तत्कालिन मोर्चाका संयोजक समेत रहनुभएका यादवले एमाले नेता सुमनराज प्याकुरेल र आफूबीच कुनै त्यस्तो तित्तता नरेहको दाबी समेत गर्नुभयो । राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र नरहने उहाँको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ